काठमाडाैं मंसिर २७,
जाजरकोटको नलगाडमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
गएराति नलगाड नगरपालिका–३ बिरखोलामा ग ३ च ९८४५ नम्बरको जीप दुर्घटनामा हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुन र उनका एक महिनाका छोरा आलोचनको मृत्यु भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जीवन विक र जनक थापा छन् । घाइतेमध्ये विक डिस्चार्ज भैसकेका छन् भने थापाको उपचार भैरहेको उनले बताए । जीपमा सात जना सवार थिए ।
कालिमाटी बजारबाट कैना हुँदै कटके जाने क्रममा बाँस्कुटीको उकालोबाट जीप बिराखोलामा झरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






