काठमाडाैं मंसिर २३,
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि हुनेछ ।
दिनको पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ।
आइतबारको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ । बुधबार पहिलो खेल खेलेको लुम्बिनीले शुक्रबार, शनिबार क्रमशः दोस्रो र तेस्रो खेल खेलेको थियो ।
दिनको दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ ।
शनिबार भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए ।