१८ मंसिर, काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी रहेको दाबीसहितको सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं त्यसयता प्रहरी हिरासतमा छन् ।