Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असार ०२, २०८३
☰
Logo मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • २. यस्तो छ आजको राशिफल

  • ३. बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ४. विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ५. जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६. चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

  • ७. सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ८. चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

  • ९. अमेरिकाका २१ सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी, मध्यपूर्वमा तनाव उत्कर्षमा

  • १०. चितवनमा राष्ट्रिय वन क्षेत्रमा रहेका पुराना सालका काठ व्यवस्थापन गरिँदै

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

फाइल तस्बिर

गुल्मी, २८ पुस
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै उहाँले वार्षिक लाखौँको आम्दानी गर्दै आउनुभएको छ ।

“एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल रु आठ लाखको बिक्री भयो”, हमालले भन्नुभयो, “यस वर्ष उत्पादन अलि घटेकाले रु छ लाखको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उहाँले प्रतिकिलो रु ६५ देखि ७० मा सुन्तला बिक्री गर्नुभएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहनुभएको छ । “यो पुख्र्यौंली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ”, उहाँले भन्नुभयो ।

उहाँले कूल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आउनुभएको छ । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उहाँले बताउनुभयो । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउनुहुन्छ । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउनुहुन्छ ।

नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो रु ६५ मा बिक्री गर्नुभयो । गत वर्ष रु ८० हजारको सुन्तला बिक्री गर्नुभएकी उहाँले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताउनुभयो । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । “बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्”, उहाँले भन्नुभयो, “सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।” पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा रु २३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । त्यसमा रु १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ ।

गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । अहिले कूल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा एक सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिनुभयो ।रासस

Chitwan Aaja चितवन आज
शनिबार, पुष २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपाको महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन
बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायोः सांसद महर

ताजा समाचार

सबै

रास्वपाको महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायोः सांसद महर

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा भरिभराउ

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

गत वर्षभन्दा तीन दिन ढिला हुँदा पनि मनसुन नेपाल भित्रिएन

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

रास्वपा महाधिवेशनः रत्ननगरमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छः शंकर पोखरेल

नेपालको विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना

सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ४.
    विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ५.
    जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६.
    चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech