काठमाडाैं चैत ४,
राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुगेका छन्।
त्यस क्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरूले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती बेहोर्नुपरिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटविना नै सवार भए।
राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना भएको थियो।
उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि सडक जाम नगर्ने र सर्वसाधारणलाई सास्ती नदिने बताएका थिए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










