Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ०४, २०८३
☰
Logo शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६. गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ७. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ८. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • ९. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • १०. भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

चट्याङबाट एकैदिन पाँचजना घाइते : चट्याङ बढी पर्ने समय, स्थान र यी हुन् जोगिने उपाय

काठमाडौं  चैत ३

गएको बुधबार चट्याङबाट धनकुटा, संखुवासभा र पाँचथरमा गरी पाँचजना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

कहिले कहाँ बढी पर्छ चट्याङ ?
चट्याङ प्राकृतिक विपद् हो । यसलाई रोक्न सकिँदैन । तर, सावधानी अपनाए यसबाट जोगिन सकिने प्राधिकरणले जनाएको छ ।

चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । नेपालमा कस्तो अवस्थामा बढी चट्याङ पर्छ भन्ने अनुसन्धान धेरै भएको छैन ।

चट्याङ विशेषज्ञ श्रीराम शर्माका अनुसार नेपालको दक्षिणपूर्वी भूभागमा धेरै चट्याङ पर्छ । “हामीले भर्खरै गरेको अनुसन्धानमा के देखिएको छ भने नेपालको दक्षिणपूर्व भूभाग झापा, मोरङमा सबैभन्दा बढी चट्याङ पर्छ,” प्राधिकरणको फेसबुकमा गत वर्ष पोस्ट गरिएको भिडियोमा उनले भनेका छन् ।

तर, चट्याङका कारण मानवीय क्षति चुरे ‘बेल्ट’मा बढी हुने देखिएको उनले बताएका छन् । चुरे बेल्टमा पूर्वदेखि पश्चिमसम्मै मानवीय क्षति बढी हुने उनको भनाइ छ ।

उनका अनुसार चट्याङ मनसुनभन्दा अघिको समय अर्थात् चैत, वैशाख, जेठ, असारको सुरुवातसम्म पूर्वी तराईको चुरे बेल्टदेखि नवलपरासीसम्म सबैभन्दा बढी पर्छ ।

“जाडो याममा अर्थात् बर्सादभन्दा पश्चात् फेरि पश्चिमतिर बढी चट्याङ परेको देखिन्छ,” उनले भनेका छन् । सिजनानुसार चट्याङ फरक–फरक ठाउँमा पर्ने देखिएको उनले बताएका छन् ।

उनका अनुसार एक अनुसन्धानमा तराई क्षेत्रमा रातिको समयमा बढी चट्याङ पर्ने देखिएको छ । तराई क्षेत्रमा राति ८ बजेपछि बिहान ४ बजेसम्म बढी चट्याङ पर्ने गरेको छ । त्यसमा पनि राति १२ बजेको समयमा अत्यधिक चट्याङ पर्ने गरेको उनले बताएका छन् ।

“जबकि, पहाडी भूभाग (चुरेदेखि महाभारत रेन्ज)मा भने दिउँसो २ बजेपछि बेलुका ८ बजेसम्म अत्यधिक चट्याङ पर्छ,” उनले भिडियोमा भनेका छन् । उक्त अनुसन्धानले कुन भूभागमा कति खेर सचेत हुन जरुरी छ भन्ने औँल्याएको उनको भनाइ छ ।

यद्यपि, चट्याङ कुनै स्थानविशेषमा नपर्ने भन्ने नभएको उनले बताए । “दक्षिर्णी ध्रुव र उत्तरी ध्रुवमा पनि चट्याङ पर्ने गर्छ, यदाकदा । असाध्यै विरलै हो, तर पर्छ,” उनले भनेका छन् ।

नेपाली भूभागमा चट्याङै नपर्ने भन्ने कतै नभएको उनले उल्लेख गरे । तर, तराई, चुरे र महाभारत क्षेत्रको तुलनामा हिमाली भूभागमा एकदमै कम चट्याङ पर्ने देखिएको उनले जानकारी दिएका छन् ।

जोगिने उपाय
चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले जनाएको छ ।

“चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म पुर्‍याउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ ।

यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।

तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्नुपर्ने प्राधिकरणको सुझाव छ ।

प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्यालढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।

गड्याङगुडुङका बेला पानीका स्रोतमा सिधै नुहाउने, धुने नगर्ने र टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ ।

चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्ने जनाइएको छ । “सबैभन्दा महत्त्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणले भनेको छ, “चट्याङ चैतदेखि जेठ महिनामा अत्यधिक पर्छ । सोहीअनुसार उच्च सतर्कता अपनाउनुपर्छ ।”

 

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’
बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना
सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

ताजा समाचार

सबै

एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

“अव्यवहारिक नजीर हटाउँदै संसद् सुधारको पहलमा सभामुख अर्याल”

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजरः वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

दुर्घटनामा परि निधन भएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

अछामको भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सुनको मूल्यमा आज गिरावट

नौबिसे–मुग्लिङ सडकमा नयाँ ‘रोड सेफ्टी’ योजना, दुर्घटनामा तुरुन्त उद्धार

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६.
    गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.