Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ०४, २०८३
☰
Logo शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६. गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ७. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ८. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • ९. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • १०. भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

सुपरस्टार मेसीको कतार विश्वकपमा कीर्तिमानै कीर्तिमान

काठमाडौं, पुष ४-
सुपरस्टार लिओनल मेसीले विश्वकपमा आफ्नो खेल जित्दै पहिलो पटक विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाए ।

आइतबार कतारको लुसेस आइकोनिक स्टेडियममा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जित्यो ।

समग्रमा अर्जेन्टिनाले जितेको यो तेस्रो विश्वकप उपाधि हो भने मेसीले पाँचौ पटक विश्वकप खेल्दा पहिलो पटक ट्रफी उचाल्ने अवसर पाए ।

क्लब फुटबल सबैखाले उपाधि र व्यक्तिगत अवार्ड जितिसकेका मेसीका लागि यस विश्वकपअघि जित्न बाँकी एउटै ट्रफी थियो । जुन ६४ खेल र एक महिना चलेको २२औं संस्करणको उपाधि जित्दै उनले पूरा गरे ।

फाइनलपछि मेसीले सानैदेखि आफूले देखेको सपना पूरा भएको बताए । साथै उनले राष्ट्रिय टिमबाट तत्कालन सन्यास नलिने र च्याम्पियन प्लेअरको रुपमा अझै केही समय खेल्ने समय बताइसकेका छन् ।

फ्रान्ससँग खेल्नुअघि विश्वकपमा भने यही फाइनल नै आफ्नो अन्तिम विश्वकप खेल हुने मेसीले बताएका थिए ।

३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गरे । यस क्रममा उनले एक पटक फाइनल खेले पनि जर्मनीसँग पराजित भएपछि उपाधि जित्न सकेका थिएनन् । दोस्रो पटक फाइनल पुर्‍याउँदा भने उनी भाग्यमानी सावित भए र मिहिनेतको फल पाए ।

क्लब फुटबलमा दर्जनौं कीर्तिमान बनाइसकेका मेसीलाई यस अघि विश्वकप जित्न नसक्ने, विश्वकपको नकआउट चरणमा गोल गर्न नसक्ने लगायत विभिन्न किसिमको आलोचना हुने गर्थ्यो ।

तर अहिले यो सबैको जवाफ मात्र प्राप्त भएको छैन मेसीले विश्वकप फुटबलमै पनि दर्जन बढी कीर्तिमान बनाए । कति कीर्तिमान तोडिएलान् कति कीर्तिमान तोडिन असम्भव जस्तै छ । यसलाई लिएर फुटबलका भावी पुस्ताले पनि गर्व गर्नेछन् ।

कतार विश्वकपपछि मेसीले विश्वकप फुटबलमा बनाएका कीर्तिमानहरू ।

१, सर्वाधिक खेल :

मेसीले विश्वकपमा सर्वाधिक २६ खेल खेलेका छन् । कतारमा सबै ७ खेल खेल्दै उनले सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथार माथाउसको कीर्तिमान तोडेका हुन् । जर्मनीकै मिरोस्लाभ क्लोजले २४ खेल खेलेका छन् भने इटलीका पाउलो माल्दिनीले २३ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २२ खेल खेलेका छन् ।

२, दुई पटक विश्वकप गोल्डेन बल :

विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए । कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् ।

फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रोमा रहे । फाइनलमा ह्याट्रिक गरेका किलिएन एमबाप्पेले ८ गोल सहित गोल्डेन बुट अवार्ड जिते ।

३, पाँच फरक विश्वकपमा असिस्ट :

मेसी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । उनले सन् २००६ देखि २०२२ सम्म खेलेका पाँच वटै विश्वकपमा असिस्ट गरेका छन् ।

४, विश्वकपको हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी :

मेसीले कतार विश्वकपअघि नकआउट चरणमा गोल गर्न सकेका थिए । तर यस विश्वकपमा आफ्नो जादुबाट उनले चमत्कार नै गरे भन्दा फरक पर्दैन । मेसीले खेलेका ७ मध्ये ६ खेलमा गोल गरे । त्यसमा पनि उनले समूह चरण देखि हरेक चरणमा गोल गरे । मेसी समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनलमा र फाइनलमा गोल गर्ने एक्लो खेलाडी बने ।

५, विश्वकपमा सर्वाधिक खेल जित :

मेसीले विश्वकपमा सर्वाधिक १७ खेल जित्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन् ।

६, कप्तानको रुपमा धेरै खेल :

मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेर्लेका छन् । उनीपछि मेक्सिकोमा राफा मार्क्वेजले १७ र अर्जेन्टिनाका डिएगो म्याराडोनाले १६ खेलमा विश्वकपमा कप्तानी गरेका छन् ।

७, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने खेलाडी :

मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् । उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।

८, सर्वाधिक विश्वकप खेल्ने खेलाडी :

मेसी सर्वाधिक ६ पटक विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् । मेसीसँगै मेक्सिकोका एन्टोनिओ कार्भाजल, जर्मनीङ्का लोथार म्याथाउस, मेक्सिकोकै राफा मार्क्वेज र आन्द्रेज गुअर्डाडो र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ६ विश्वकप खेलेका छन् ।

९, नकआउट चरणमा सर्वाधिक असिस्ट :

मेसीले नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने पेलेको कीर्तिमान बराबरी गरेका छन् । दुवैले समान ६ असिस्ट गरेका छन् ।

१०, अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता :

मेसी विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बने । उनले विश्वकपमा १३ गोल गरेका छन् । मेसीले २००६ को विश्वकपमा १ गोल गरेका थिए भने २०१४ मा चार र २०१८ मा १ गोल नै गरेका थिए । २०१० मा भने गोल गर्न सकेनन् । यस पटक उनले विश्वकपमा ७ गोल गरे । मेसीले गाब्रीएल बाटिस्टुटालाई पछि पारेका हुन् । बाटिस्टुटाले १० गोल गरेका छन् ।

विश्वकप इतिहासमै सर्वाधिक गोल गर्नेमा मेसी फ्रान्सका जस्ट फोन्टेनसँगै संयुक्त रुपमा चौथो स्थानमा छन् ।

जर्मनीका मिरोस्ला क्लजले सर्वाधिक १६ गोल गर्दा ब्राजिलका रोनाल्डोले १५ र जर्मनीकै गर्ड मुलरले १४ गोल गरेका छन् ।

११, आफ्नो हरेक दशकमा विश्वकपमा गोल :

मेसीले आफ्नो हरेक दशकमा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले टिनएज, ट्वेन्टिज र थर्ट्टिजमा गोल गरे । पेलेले भने केही महिनाले यो अवसर गुमाएका थिए ।

१२, पहिलो र अन्तिम गोलबीचको अवधि :

मेसीले विश्वकपमा पहिलो र अन्तिम गोल गर्दाको समय अवधि सबैभन्दा धेरै छ । मेसीको पहिलो र अन्तिम गोलको समयअवधि १६ वर्ष १८४ दिन छ । त्यसपछि रहेका क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम गोलको अवधि १६ वर्ष १६० दिन छ ।

१३, सर्वाधिक प्लेअर अफ दि म्याच :

मेसी विश्वकपमा सर्वाधिक ११ पटक म्यान अफ दि म्याच घोषित भएका छन् । उनी कतार विश्वकपमा खेलेका ७ मध्ये ५ खेलमा प्लेअर अफ दी म्याच भए । मेसीले एकै विश्वकपमा सर्वाधिक प्लेअर अफ दि म्याच हुने कीर्तिमान समेत बनाए । यसअघि सन् २०१० मा नेदरल्याण्ड्सका वेस्ले इनाइडर र २०१४ मा मेसीले नै चार पटक प्लेअर अफ दि म्याच अवार्ड जितेका थिए । -गोविन्दराज नेपाल, अनलाइन खबर

Chitwan Aaja चितवन आज
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’
बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना
सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

ताजा समाचार

सबै

एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

“अव्यवहारिक नजीर हटाउँदै संसद् सुधारको पहलमा सभामुख अर्याल”

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजरः वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

दुर्घटनामा परि निधन भएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

अछामको भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सुनको मूल्यमा आज गिरावट

नौबिसे–मुग्लिङ सडकमा नयाँ ‘रोड सेफ्टी’ योजना, दुर्घटनामा तुरुन्त उद्धार

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६.
    गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.