Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख ३०, २०८३
☰
Logo बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

लोकप्रिय समाचार

  • १. कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २. यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३. आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४. विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५. मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६. काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

  • ७. घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

  • ८. चितवन कारागारबाट फरार भारतीय कैदी पक्राउ

  • ९. इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

  • १०. एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन

काठमाडौँ, वैशाख २१ –
गृहसचिव राजकुमार श्रेष्ठले सङ्गठनभित्र पेसागत दक्षता, क्षमतालाई अभिवृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिनुभएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नारायणदत्त पौडेललाई आज मन्त्रालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्नबाट सु–शोभित गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहसचिव श्रेष्ठले सङ्गठन सरुवा प्रणाली र वृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सशस्त्र प्रहरी बल नेपालले कार्यक्षेत्रमा सीमित स्रोतसाधनको बाबजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्नुभयो । गृहसचिव श्रेष्ठले आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्वतयारीका साथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संविधान, कानुन, राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्नुभयो । उहाँले सो कार्यान्वयनका लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी सङ्गठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताउनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।

नवनियुक्त महानिरीक्षक पौडेलको परिचय

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक पौडेलले २०५४ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएको थियो । उहाँ सशस्त्र प्रहरी बलमा २०५८ सालमा स्थान्तरण हुनुभएको थियो ।

सुर्खेतको साबिक जर्बुटा गाविस वडा नं ५ निवासी पौडेलले स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको छ । उहाँले नेपाल प्रहरीबाट करियर प्रारम्भ गरी सशस्त्र प्रहरी बल नेपालमा स्थान्तरणपश्चात् विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै उत्कृष्ट नेतृत्व प्रदर्शन गर्नुभएको छ ।

नेपाल प्रहरीमा रहँदा उहाँले रोल्पा ‘स्ट्राइकिङ’ टोली कमान्डरका रुपमा तत्कालीन संवेदनशील सुरक्षा अवस्थामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्नुभएको थियो । साथै उहाँले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापाको प्रमुख भई शान्ति सुव्यवस्थालगायत सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गर्नुभएको थियो ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा स्थानान्तरणपछि महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी नायब उपरीक्षक रहँदा सुरक्षा बेस तुल्सीपुर दाङमा प्रमुख रही शान्ति सुव्यवस्था कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले सशस्त्र प्रहरी उपरीक्षक दर्जामा सीमा सुरक्षा कार्यालय बर्दिया, नीलबाराही गण र बङ्गलामुखी विशेष कार्यदल गणको गणपति भई नेतृत्व प्रदान गर्नुभएको थियो ।

पौडेलले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह वाहिनी पकली र सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ वाहिनीमा सहायक वाहिनीपतिका रुपमा उत्कृष्ट समन्वय र सहकार्य गरी उच्च व्यावसायिकता प्रदर्शन गर्नुभएको थियो ।

सशस्त्र प्रहरी नायब निरीक्षक रहँदा वाहिनीपतिका रुपमा लुम्बिनी तथा गण्डकी प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा नेतृत्व प्रदान गर्नुभएका उहाँले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा मानवस्रोत, सीमा तथा कार्य विभागका विभागीय प्रमुखका रूपमा रणनीतिक तथा नीतिगत निर्माण र कार्यान्वयनमा अहम् भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले अन्तरराष्ट्रियस्तरमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा करिब २५ महिना सफलतापूर्वक सेवा प्रदान गर्नुभएको थियो । रासस

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त
गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग
विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

ताजा समाचार

सबै

सरकारको नीति तथा कार्यक्रमप्रति सांसद सुबेदीको असन्तुष्टि व्यक्त

गणेश पराजुली र रमेश प्रसाईंको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

कटहरियाका तीन बालक एकैसाथ बेपत्ता, बजार क्षेत्र त्रसित, खोजीमा जुट्यो प्रहरी

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

सत्तारुढ दलले मनपरी ढंगले संसद चलाएको हर्क साम्पाङको आरोप

गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर : सडक मिचेर बनाइएका टहरा भत्काइँदै

प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

रास्वपाको प्रथम महाधिवेशन चितवनमा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

चितवनका एकसहित आठ जना पक्राउ

यो सरकार हो कि आतङ्कवादी ? : ज्ञानेन्द्र शाहीको प्रश्न

सकारले जेनजी आन्दोलनका शहीद र घाइतेकोे योगदान बिर्सिदै गयोः सांसद खतिवडा

अर्घाखाँचीमा बस दुर्घटना, २४ जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    कस्तो रहनेछ आज तपाईंको दिन ? यस्तो छ राशिफल

  • २.
    यस्तो रहनेछ तपाईंको दिन, के भन्छ राशिफल ?

  • ३.
    आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

  • ४.
    विश्व रेडक्रस दिवसमा वीरेन्द्र बहुमुखी क्याम्पसमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

  • ५.
    मुर्शिदाबादमा लेनिनको सालिक तोडफोड, भाजपा समर्थकमाथि लाग्यो आरोप

  • ६.
    काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech