Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ०४, २०८३
☰
Logo शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६. गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ७. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ८. भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

  • ९. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • १०. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ : कांग्रेस महामन्त्री शर्मा(अन्तर्वार्ता )

काठमाडौं, २१ जेठ-

आगामी सङ्‍घी र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनका ठूलो दल नेपाली कांग्रेसले ‘धोका’ दिएको आरोप लगाउँदै आएका छन् ।

माओवादीबाट पनि धोका पाएको एकीकृत समाजवादी, जसपा र जनमोर्चाको आरोप छ ।

गठबन्धनको नेतृत्वदायी दल नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्मा भने निर्वाचन परिणामलाई लिएर आरोप–प्रत्यारोपदेखि लाञ्छना लगाउनुलाई ठीक मान्दैनन् ।

उनी भन्छन्, ‘निर्वाचनको सबै परिणाम आइसकेपछि सबै दलले आ–आफ्नो दलको केन्द्रीय कार्यालयमा बसेर एक/एक गिलास ठण्डा पानी पिएर के भयो निर्वाचनमा भनेर निष्कर्षमा पुगियो भने चाहिँ सही हुन्छ ।’

प्रस्तुत छ- शर्मासँग न्युज कारखानाले गरेको कुराकानीको सम्पादित अशं :-

प्रदेश र सङ्‍घीय निर्वाचनमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन्छ ?

स्थानीय निर्वाचन सकिने क्रममा छ । किनभने बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन नै भएको छैन । ७७ वटै जिल्ला समन्वय समितिको पनि निर्वाचन भइसकिएकाे छैन ।

त्यस कारणले यी दुई वटैकाे निर्वाचन सकिएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्छ । त्यहाँ समीक्षा गर्छाैँ ।

गठबन्धन दलहरूका पनि समीक्षा होलान् । त्यसपछि तालमेलबारे एउटा निष्कर्षमा पुगिन्छ ।

अहिले आएको जे परिणाम हो, त्यसलाई संयतापूर्वक ग्रहण गर्ने र परिपक्‍वतापूर्वक गहिरो विश्लेषण गर्ने अनि टुङ्‍गाेमा पुग्‍नु ठीक हुन्छ ।

तालमेलचाहिँ हुन्छ ?

तालमेल केन्द्रीय तहबाटै नीति, कार्यक्रम, घोषणापत्र बनाएर यसअघि स्थानीय निर्वाचनमा भएको त होइन । स्थानीय स्थिति र आवश्यकताअनुसार बनेको हो ।

र, त्यो हुँदै गर्दा नेपाली समाजमा अलिअलि भ्रम भयो । हामीले के स्पष्ट गर्न सकेनौँ भने ७५३ वटै पालिकामा तालमेल भएको होइन । नेपाली कांग्रेसको ११९ जना प्रमुखबाहेक ६३४ वटा प्रमुख हाम्रो उम्मेदवार हुनुहुन्थ्यो ।

त्यस्तै, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)को १६ सय जनाभन्दा बढी प्रमुख पदकै लागि उम्मेदवार हुनुहुन्थ्यो । त्यसैले अहिले प्राप्त भएको विजय केही तालमेलको कारण छ । केही चाहिँ नेपाली कांग्रेस एक्लै लडेर जितेको हो ।

यस कारण यी दुई वटै कुराको वस्तुगत समीक्षा गरेपछि मात्रै तालमेलबारे निष्कर्ष निकालिनुपर्छ ।

तपाईंको मान्यता तालमेल हुनुपर्छ भन्‍ने हो कि होइन ?

वस्तुगत यथार्थअनुसार चल्नुपर्छ । भावनात्मक आवेगमा नजाऔँ अहिले । तर, अहिले के देखिएको छ भने कयौँ गाउँ/नगर एक्लै लडेर पनि जितेका छौँ नि त ।

पूर्वमा हेर्ने हो भने ३० वर्षपछि इलाम नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत जितेका छौँ ।

पश्‍चिममा हेर्ने हो भने नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ३२ मध्ये ३१ सिट जितेका छाैँ काठमाडौं उपत्यकामै कीर्तिपुरमा जितेका छौँ । प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित बहुमत जित्यौँ ।

अर्कोतर्फ कयौँ गठबन्धन गरेर पनि निर्वाचन जितेको तथ्य छ । सँगैको सहयात्रीलाई ‘खोलो तर्‍यो, लौरो बिर्स्याे पनि गर्नु हुँदैन ।

तर, अर्को तथ्य के छ भन्दा एक्लै जितेका स्थानीय तहमा मिलेर पनि हारिएको छ । त्यसकारण, यी सबै तथ्य केन्द्रीय कार्यसमिति बैठकको विषयवस्तु बन्छ ।

अहिले सार्वजनिक रूपमा नेपाली कांग्रसेका, माओवादीका, एकीकृत समाजवादीका वा कुनै पनि दलका नेताहरूले यसबारेमा छलफल र विमर्शपूर्व निर्णय लिनु हुँदैन ।

व्यक्तिगत बुझाइ हो भने आन्तरिक विमर्शको विषय बनाइनुपर्छ । एउटा दलले अर्को दललाई आरोपित गर्नु हुँदैन । एउटा दलले अर्को दललाई अलिक बढी लाञ्छना लगाउने खालको, आशंका गर्ने खालको, चेतावनीयुक्त भाषा बोल्ने गर्नु हुँदैन ।

त्यसकारण पहिलाचाहिँ परिणाम सबै आओस् । आइसकेपछि सबै दलले आ–आफ्नो दलको केन्द्रीय कार्यालयमा बसेर एक/एक गिलास ठण्डा पानी पिएर निष्कर्षमा पुगियो भने चाहिँ सही हुन्छ ।

कांग्रेसलाई ठूलो दल बनाउन मात्रै तालमेल गरिएको जस्तो भयो स्थानीय निर्वाचनमा भन्‍ने ढङ्‍गले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले प्रतिक्रिया दिएको देखियो । कांग्रेसले अन्य दललाई वैशाखी बनाएर दुई तहमा पनि ठूलो दल बन्‍न मात्रै चाहेको हो ?

ठूलो दल त बन्‍ने नै हो । बहुमतसहित ठूलो हुने चाहनै हो नि । तर, के हो भन्दाखेरी तालमेल हुँदै गर्दाखेरी नेपाली कांग्रेस मात्रै लाभान्वित भयो भन्‍ने बुझियो भने त्यो वस्तुपरक हुँदैन ।

मानौँ, काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख हार्‍यो भन्‍ने हो भने कांग्रेस पनि हार्‍यो । विराटनगरमा जसपाले उपप्रमुख हार्‍यो भन्‍ने हो भने वीरगंजमा प्रमुख नै जितेको हो ।

त्यसकारणले माधव कमरेडले, उपेन्द्रजी र बाबुरामजीहरूले या प्रचण्ड कमरेडले कसैले पनि हेर्दैगर्दाखेरी कहाँनेर अनुकूल परिस्थिति आएको छ ? त्यसका पछि कारण के छ ? त्यसलाई हेर्नुपर्छ । अर्को प्रतिकूल के आएको छ ? त्यसलाई पनि हेर्नुपर्छ ।

हामीले एउटालाई अर्कोले आरोपित गर्ने कुरा गर्नु हुँदैन । तर, पनि के हो भने चर्चा परिचर्चा त विविध रूपमा आएका छन् । जस्तो माधव कमरेडले हारेको भूगोल हेर्दैगर्दा हेटौंडामा चाहिँ के भएको त ? हेटौंडामा त नयाँ खुलेको दल, जसको भर्खर परिचय कार्यक्रम जस्तो हुँदैगर्दा त्यहाँ उहाँको दलले जितेको छ ।

पोखरा महानगरपालिकाको प्रमुख जितेको छ । पोखरा महानगरपालिकाको प्रमुख जित्दैगर्दा हामीले किन उपप्रमुख हार्‍यौँ ? त्यसरी आशंका गर्नेतर्फ लागियो भने शंकाले लङ्‍का जलाउँछ भनेजस्तो हुन्छ ।

त्यसकारण सार्वजनिक रूपमा आशंकाका कुराहरू, आरोपका कुराहरू गरेर राजनीति हुँदैन । अहिले त संयमतापूर्वक सुन्‍ने हो । विश्लेषण गर्ने हो । केलाउने हो । तथ्यमा जाने हो । त्यसतर्फ जान म दलका नेताहरूलाई अपिल र आग्रह गर्न चाहन्छु ।

अहिले बाम गठबन्धनको पनि चर्चा गाइँगुइँ सुन्‍न थालिएको छ । र, प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले माओवादी एमालेसँग गठबन्धन गरेर जाने छाँट पाएको अर्थमा अत्तालिँदै कात्तिकतिरै दुई तहकै निर्वाचन गरौँ भनेको रूपमा कतिपयले बुझेका छन् । त्यस्तो हो ?

होइन । बिल्कुलै होइन नि । किनभने, निर्वाचनमा जाने भन्दैगर्दा २०७४ सालमा एमाले र माओवादी मिल्दै गर्दा पनि त हामी हार्दै छौँ भन्‍ने थाहा हुँदाहुँदै चुनावमा गएको हो ।

२०७४ सालमा चुनाव कांग्रेसले गराएको र अहिले पनि कांग्रेसले नै । अझ चुनावको दिन बिहान पनि चुनाव हुँदैन कि भनेर बोल्न किन छुटाउनुभयो भन्‍ने मात्रै हो, कमरेड केपी ओलीले ।

हामीले जितिरहेको चुनाव पनि गरेका छौँ । हारिरहेको चुनाव पनि गरेका छौँ । र, चुनाव गराउने विषय कांग्रेस जित्छ या हार्छ भन्‍ने कोणबाट बिल्कुलै हेर्नु हुँदैन ।

र, मलाई लाग्दैन कि प्रतिगमनविरुद्धको आन्दोलनमा सँगसँगै उभिएका सहयात्री दलहरू कसैले पनि वस्तुस्थिति जे छ, संविधानलाई ठीक ढङ्‍गले ट्रयाकमा ल्याउने र सम्मुनतिको विषय पनि कानले सुन्‍ने खालको विकास भन्दा पनि आँखाले देख्‍ने र अनुभूति गर्न सकिने खालको विकासको सङ्‍कल्प छोड्नुहुन्छ भन्‍ने आशंका म चाहिँ गर्न सक्दिनँ ।

यदि, बाम गठबन्धन भयो भने त २०७४ मा १६५ संसदीय निर्वाचन क्षेत्रमध्ये २३ ठाउँ मात्रै जित्यो प्रत्यक्षमा त । त्यो भनेको करिब १३ प्रतिशत जित हो । त्यो भनेको हरिबिजोक हो । यसपाली पनि बाम गठबन्धन भयो भने कांग्रेसले त्यस्तै नजिता बेहोर्नु पर्ला है ?

अब यस्तो हो, गणेशमानजीले त्याग नगरेर प्रधानमन्त्री बन्‍नुभएको भए कस्तो हुन्थ्यो होला ? अथवा, मदन भण्डारीको निधन नभएको भए केपी कमरेडको अवस्था के हुन्थ्यो होला ? या दरबार हत्याकाण्ड नभएको भए गणतन्त्र आउँथ्यो कि आउँदैनथ्यो भन्‍ने खालको प्रश्‍नमा समय खेर फाल्नु उचित हुँदैन ।

उसो भए, कांग्रेसले नीति महाधिवेशनचाहिँ गर्दैन ?

त्यसबारे हामी सल्लाह गरिरहेका छौँ ।

कहिलेतिर गर्नेगरी ?

स्थानीय निर्वाचन सकिसकेपछि समीक्षात्मक बैठक बस्छ । बैठक बस्दै गर्दाखेरी नीति महाधिवेशनको विषयवस्तुमा जाने अनौपचारिक सल्लाह र परामर्श भइरहेको छ ।

कतिपयले चाहिँ २०७४ सालमा कांग्रेसले जसरी विश्‍व राजनीतिक घटनाक्रम, देशको राजनीतिक, सामाजिक, आर्थिक स्थिति जस्तो छ भनेर ब्याख्या गरेको थियो । सात वर्षपछि २०७९ मा आइपुग्दा पनि नीति महाधिवेशन नगर्नुले कांग्रेस त्यसबेलाकै विश्लेषणमा छ कि भनेर बुझेका छन् । ठीक हो ?

नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि यस अवधिमा कुनै डकुमेन्ट, दस्तावेजहरू कांग्रेस पार्टीले निर्माण नै नगरेको अनि कांग्रेस पार्टी त्यत्तिकै अगाडि गइरहेको हुन्थ्यो भने तपाईंको भनाइ ठीक हुन्थ्यो ।

तर, यसबीचमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय छन् । पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा विज्ञहरूसहितको टिम बसेर त्यहाँ भएका छलफल कार्यसम्पादन समितिमा ल्याएको र कार्यसम्पादन समितिले केन्द्रीय समितिमा लगेर छलफल गरी घोषणापत्र जारी गरेका छौँ ।

त्यो जारी गरेको घोषणापत्रमा हाम्रो नीति भेट्नुहुन्छ । कार्यक्रम भेट्नुहुन्छ । दृष्टिकोण भेट्नुहुन्छ । वर्तमान भेट्नुहुन्छ । विगत भेट्नुहुन्छ । भविष्य भेट्नुहुन्छ ।

भनेपछि कांग्रेसले नीति महाधिवेशन विधिवत रूपमा भएको छैन भन्‍नुको अर्थ हामीले कुनै नीति, दृष्टिकोण र कार्यक्रमविहीन भएर गइरहेका छौँ भनेर बुझ्नु हुँदैन ।

Chitwan Aaja चितवन आज
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’
बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना
सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

ताजा समाचार

सबै

एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

“अव्यवहारिक नजीर हटाउँदै संसद् सुधारको पहलमा सभामुख अर्याल”

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजरः वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै

दुर्घटनामा परि निधन भएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

अछामको भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सुनको मूल्यमा आज गिरावट

नौबिसे–मुग्लिङ सडकमा नयाँ ‘रोड सेफ्टी’ योजना, दुर्घटनामा तुरुन्त उद्धार

चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • ४.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ६.
    गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.