Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, माघ ०४, २०८२
☰
Logo आइतबार, माघ ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ७. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

तालिबानको कठोर कानून: महिलालाई बोल्नै निषेध, पुरुषले दाह्री र कपाल पनि काट्न नपाउने

काठमाडाैं, भदौ १३
अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ । तालिबान सरकारले गत साता महिलासम्बन्धी नयाँ कानून ल्याएको हो ।

यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । अब कार्यान्वयन गर्ने जिम्मा नैतिकता मन्त्रालयलाई दिइएको छ ।

नयाँ कानूनमा महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । यसैगरी महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।

कानूनबाट कसैलाई पनि छुट नहुने मन्त्रालयले जनाएको छ । कानूनअनुसार नैतिकता प्रहरीले सार्वजनिक स्थानमा कसले के लगाएको छ भनेर जाँच गर्नेछ । तालिबानका अनुसार यी नियम इस्लामको शरिया कानूनी प्रणालीको आधारमा बनाइएको हो ।

सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले २०२२ मा नै यस सम्बन्धमा आदेश दिएका थिए । तर, अहिले मात्रै औपचारिक रूपमा कानूनको रूपमा ग्रहण गर्न लागिएको हो ।

कानूनअनुसार महिलाले आफ्नो पूरै शरीर ढाक्नुपर्छ, सार्वजनिक स्थलमा महिला चुपचाप बस्नु पर्नेछ, सार्वजनिक स्थान र घरमा ठूलो स्वरमा गाउन र पढ्न निषेध गरिएको छ ।

नयाँ कानूनमा महिलाबाहेक पुरुषमाथि पनि प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ । महिलाहरूलाई पनि त्यसै गर्न आग्रह गरिएको छ ।

पुरुषले आफ्नो कपाल शरियाअन्तर्गत राख्नु पर्छ । पुरुषलाई पनि टाई लगाउन प्रतिबन्ध लगाइएको छ । तालिबानले धेरै ठाउँमा पुरुषको दाह्री र कपाल काट्न प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानको नैतिकता पुलिसले नयाँ कानून सबै ठाउँमा पालना भइरहेको छ वा छैन हेर्ने छ । प्रहरीको काम कानून मिच्नेलाई अदालतमा पुर्‍याउने पनि हो ।

साथै, नैतिकता प्रहरीले ट्याक्सी चालकहरूलाई आमाबाबु र दाजुभाइजस्ता पुरुष आफन्तहरू सँगसँगै नआएका महिलाहरूलाई लैजानबाट रोक्न सक्छ ।

यो अवधिमा महिलाले हिजाब पनि लगाउनु पर्नेछ । यसका साथै कारमा पुरुष र महिला सँगसँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

नयाँ कानूनअनुसार जीवित प्राणीको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा कुनै पंक्षी, जनावर वा परिवारका सदस्यको तस्विर बनाउन प्रतिबन्ध लगाइएको छ ।

नयाँ नियम अनुसार जीवित प्राणीको मूर्ति खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

कानूनअनुसार नैतिकता प्रहरीले रेडियो र टेप रेकर्डरको दुरुपयोगलाई पनि रोक्ने छ ।

किनभने शरिया कानूनअनुसार गीत बजाउनु हराम हो । यसबाहेक कुनै पनि जीवित प्राणीमाथि बनेको फिल्म हेर्न प्रतिबन्ध लगाइएको छ ।

कसैले कानून उल्लंघन गरी निन्दनीय कार्य गरेमा तीन दिनसम्म जरिवाना र जेल सजाय हुन सक्नेछ । तालिबान सरकारले गत वर्ष शरिया कानूनको पालना नगरेको भन्दै मोरालिटी पुलिसले १३ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा हिरासतमा लिएको थियो।

धेरैले यी नयाँ कानूनको आलोचना गरिरहेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगका प्रमुख रोजा ओतुनबायेभाले दशकौंको युद्ध र सङ्कटपछि अफगानिस्तानका जनता अझ राम्रोका हकदार रहेको बताइन् ।

शरिया कानून के हो ?
शरिया कानून एक प्रकारको इस्लामिक कानूनी व्यवस्था हो। यो कुरान र इस्लामिक विद्वानहरूको निर्णयहरू संयोजन गरेर तयार गरिएको हो।

यो जीवन जिउने एक तरिका मानिन्छ। शरिया कानून अनुसार, जीवनको हरेक पक्षलाई अल्लाह वा ईश्वरको इच्छा अनुसार कसरी जिउनुपर्छ भनेर बताइन्छ। यसका साथै अपराधबारे पनि जानकारी दिइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार शरिया कानूनमा दुई प्रकारका अपराध छन्। यसमा पहिलो श्रेणीलाई हद र दोस्रो वर्गलाई तजीर भनिन्छ । पहिलो श्रेणीमा गम्भीर अपराधहरू समावेश छन् र प्रत्यक्ष सजायको प्रावधान छ।

जबकि दोस्रो श्रेणीको ताजीरमा न्यायाधीशको निर्णयका आधारमा सजाय दिइन्छ । चरम अपराधको कुरा गर्ने हो भने त्यसमा चोरी इत्यादि पनि पर्दछन् र त्यसको सजाय झनै खतरनाक हुन्छ ।

यस्तो अवस्थामा अपराधीलाई सजाय दिन उनीहरूको हात समेत काटिन्छ । धेरै अपराधमा ढुङ्गाले हानेर मृत्युदण्डको व्यवस्था पनि छ ।

यौन अपराधलाई ढुङ्गाले हानेर मृत्युसहित कडा सजाय दिइन्छ।

(एजेन्सीहरूको सहयोगमा)

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे
रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

ताजा समाचार

सबै

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार

राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा

रास्वपा कार्यालय पछि रविसँगै जनकपुर जादैँ बालेन

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.