काठमाडौं, भदौ ७-
भारतीय पर्यटक बोकेको बस आज बिहान मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पोखराबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १४ जनाको शव फेल परेको छ । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार बिहान पोखराबाट आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो ।