तनहुँ, भदौ ७
तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ ।
अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार