काठमाडौं,असार १९-
राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले मंगलबारको सचिवालय बैठकमा सभापति रवि लामिछानेले लिखित प्रस्ताव पेस गर्न नदिएको बताएका छन्।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको तर लिखित प्रस्ताव तयार पारिएपनि पेस गर्ने अनुमति सभापतिले नदिएको उनले बताएका हुन्।
महामन्त्री ढकालले रविले लिखित प्रस्ताव पेस गर्न नदिएपछि पार्टीलाई रविको पार्टी होइन् रास्वपा बनाउनुपर्ने प्रतिक्रिया दिएका छन्। ‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ’ उनले भने। पछिल्लो समय रास्वपाको आन्तरिक विरोध चर्किँदै गएको छ।
महामन्त्री ढकालले पार्टीका सभापति रवि लामिछानेसमक्ष बुझाको प्रतिवेदनले विवादलाई झनै ठूलो रूप दिएको हो। आज बिहान पार्टीको केन्द्रीय कार्यालय,चःमति, वनस्थलीमा बसेको बैठकलाई प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा ‘कालो टेप’ लगाएर विरोध जनाएका थिए।








