काठमाडौँ, असार १४-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।








