काठमाडाैं, असार १४
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे ४.२ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले कुनै क्षति गरेको विवरण भने आएको छैन ।
२०७२ सालको गोरखा भूकम्पले ठूलो क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी राति जमिन हल्लिँदा त्रसित भएका थिए ।








