काठमाडौं, असार ११
माइतीघर मण्डलस्थित राष्ट्रिय झण्डा राखेको पोलबाट आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ।
मंगलबार दिउँसो उनी माइतीघर मण्डलमा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिइन्।
उनलाई त्यहाँबाट प्रहरीले उद्धार गरिसकेको काठमाडौँ परिसरका प्रवक्ता एसपी नजराज अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार, अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ। आफ्नै पूर्वश्रीमान्बाट बलात्कारमा परेको भनदै उनले सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा दायर गरेकी थिइन् ।








