काठमाडौं, असार ७-
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ परेका छन्।उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो ।
जोशीमाथि वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोप छ ।
वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ ।








