जनकपुरधाम, असार ५-
जिल्ला प्रहरी कार्यालय सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारको आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ परेका छन् ।
सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
गत जेष्ठ ३१ मा जिल्ला प्रहरी कार्यालयभित्र रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा सुनार मृत फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको बताए ।






