भरतपुर, जेठ १६-
इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नम्बर ५ भण्डारा स्थित डेरा गरी बस्ने तीन जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले निम्न व्यक्तीहरुबाट डाईजेपाम ३८ एम्पुल, फेनारागन ३२ एम्पुल र ब्युप्रिनुफिर्न ३७ एम्पुल गरि जम्मा १०७ एम्पुल फेला परेको हो ।
पक्राउ पर्नेहरु जिल्ला धादिङ सिद्धलेक गाउँपालिका ६ घर भई हाल जिल्ला चितवन राप्ती नगरपालिका ५ भण्डारा स्थित डेरा गरि बस्ने वर्ष २७ को सुजन बिश्वकर्मा, जिल्ला नवलपरासी (सुस्त पुर्व) प्रतापपुर गाँपालिका ६ बस्ने वर्ष २६ को धर्मराज केवट र देश भारत जिल्ला महाराजगन्ज घर भई जिल्ला चितवन राप्ती न।पा। ५ भण्डारा बस्ने वर्ष ४२ को धुर्व विश्वकर्मा रहेका छन् ।
चितवन जिल्ला अदालतबाट ७ म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार