बुटवल, १५ जेठ
अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-४, पटौटीका अम्मरबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३० वर्षीय रानाले ११ वर्ष ७ महिना पाँच दिनकी नाबालिकासँग बिहे गरेको सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) प्रतित सिंह राठोरले रानालाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरेको बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।








