काठमाडाैं, बैशाख ६
संघीय संसद्को वेबसाइट ह्याक भएको छ । आज बिहिबार बिहान वेबसाइट ह्याक भएको हो। तर ह्याक भएको केहीबेरमै प्राविधिकहरुले साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको जानकारी दिए ।
वेबसाइट ह्याक हुँदा प्रमुख फोटो डिस्प्लेमा भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखिएको थियो। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’
यसअघि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक भएको थियो । नेपालमा सरकारी कार्यालयका वेबसाइटहरु पटक पटक ह्याक हुँदै आएका छन् ।