• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ ११, २०८२
☰
बुधबार, भदौ ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    प्याराडाइज इन्फोटेकको ५औं वार्षिकोत्सव : एक युवाको सपना, सयौँको विश्वास, र आईटीको उज्ज्वल भविष्य!

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ३. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ४. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ५. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    • ६. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • ७. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ८. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • ९. आज बिहीवार कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    • १०. प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

    इच्छाकामनाको हात्तिबाङ विद्यालयमा एक्सपर्टको सहयोग, विद्यार्थीमा छायो खुशीयाली

    चितवन, फागुन २२–
    चितवनको इच्छाकामना गाउँपालिका वडा नं.१ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ । यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय माध्यमिक विद्यालय । चेपाङ विद्यार्थीहरुको बाहुल्य रहेको यस विद्यालयमा भौतिक पूर्वाधारको समस्याका साथै विद्यार्थीहरुलाई पठनपाठनका धेरै सामग्रीहरुको अभाव छ । यहाँका विद्यार्थीहरुले पाठ्यक्रम बाहेक अन्य किताबहरुको अध्ययन समस्या छ ।

    यीनै समस्याहरुलाई केहीहदसम्म हल गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुलाई विद्यालयमा लगेरै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ ।

    एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको आयोजक विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट प्रा.लि. र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले फाइनलमा पुगेका विद्यार्थीहरुलाई हात्तिबाङस्थित विद्यालयमै लगेर महत्वपूर्ण पुस्तकहरु सहयोग गरेको हो । विद्यार्थीहरुलाई विभिन्न लेखकहरुद्धारा लेखिएका विभिन्न प्रकारका पुस्तकका साथै बालबालिकाहरुको लेख तथा कवितालगायतका सिर्जनाहरु छापिने ‘मुना’ पुस्तक बाडिएको हो । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको फाइनलमा पुगेका विद्यार्थीहरुले हातहातमै पुस्तक बाडेका थिए ।

    विद्यालयमा ती पुस्तक मात्रै बाड्ने काम भएन । अधिकांश चेपाङ बालबालिका अध्ययन गर्ने भएकाले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको पनि उत्तिकै खाँचो पर्ने गरेको छ । केही समयपछि उच्च शिक्षाका लागि खुड्किलो मानिएको एसईई परीक्षा आउँदैछ । सोही परीक्षामा सामेल हुन लागेका अति समस्यामा रहेका पाँच जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत हस्तान्तरण गरिएको थियो । विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले अतिविपन्न विद्यार्थीहरुलाई उक्त सामग्री सहयोग गरे ।

    यस्तै सोही अवसरमा फाइनलमा पुगेका विद्यार्थीहरुले विद्यालय परिसरमै वृक्षरोपण समेत गरेको छ । पहाडी भू–भागमा सुहाउँदो फलफूलका बिरुवा रोपिएको विमोचन इभेन्ट्सले जनाएको छ । पहाडी भू–भाग भएकाले यहाँ बालबालिकाहरुलाई स्वास्थ्यमा पनि त्यति सहज छैन । विशेषगरि दातको उपचार यहाँ सम्भव देखिदैन । यही अवस्थालाई ख्याल गरेर विद्यार्थीहरुलाईको निःशुल्क दन्त परीक्षण समेत गरिएको छ । भरतपुर–१० मा रहेको कालिका डेन्टलको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परीक्षण गरिएको हो । दन्त शिविर र पुस्तकलगायतको सहयोगले विद्यार्थीहरुमा खुशी छाएको थियो ।

     

    कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवालीले एक्सर्टले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको बताए । उनले भने–‘भूकम्पदेखि माहामारीका समय होस् या विभिन्न खेलकुदका गतिविधि वा इभेन्ट्सहरुमा पनि एक्सपर्ट सहयोगी बन्दै आइरहेको छ, हामी सामाजिक कार्यमा जहिल्यै पनि अग्रसर हुन्छौं, यसैको कडीको रुपमा मैले हात्तिबाङका विद्यार्थीहरुलाई विभिन्न सहयोग कार्यक्रमलाई लिएको छु ।’ ज्ञवालीले पब्लिकि स्पिकिङ च्याम्पका विद्यार्थीहरुलाई समाज बुझाउने अभियान अन्तरगत पहाडी भू–भागमा लगेर सामाजिक कार्यक्रम सक्रिय बनाउनु सह्रायिन कार्य रहेको बताए ।

     

    यस्तै कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हात्तिबाङ विद्यालयमा बाहिरी पुस्तकको अभाव महसुस गरेर विभिन्न लेखकहरुद्धारा लिखित महत्वपूर्ण पुस्तकहरु सहयोग गरिएको बताए । उनले भने–‘सानो सहयोगले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुन्छ भने किन सहयोग नगर्ने भनेर पुस्तक सहयोग गरेका हौं, यसअघि यहाँ आउँदा अतिरिक्त पुस्तकहरुको लाइबेरीमा अभाव रहेको जानकारी पाएपछि आज पुस्तक सहयोग लिएका आएका छौं ।’ उनले आगामि दिनमा दिनमा पनि यसैगरि सहयोग गर्ने प्रतिवद्धता जनाए । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायतका देशमा जान चाहने विद्यार्थीहरुले शैक्षिक परामर्श दिँदै आइरहेको भन्दै आफ्नो व्यवसायसंगै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको बताए ।

    कार्यक्रममा विमोचन इभेन्ट्सका सिइओ विमोचन पौडेलले विद्यार्थीहरुलाई चितवनको भौगोलिक अवस्था र आफू भन्दा कम सुविधामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझाउन पहाडी भेगमा कार्यक्रम गरिएको बताए । उनले यस खालको कार्यक्रमले सानो सहयोग पुग्नुको साथै विद्यार्थीहरुलाई पनि केही सिक्ने अवसर सिर्जना हुने गरेको बताए ।

    कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङका प्रधानाध्यापक लोकबहादुर मगरले यहाँका विद्यार्थीहरु भौतिक पूर्वाधारका साथै धेरै कुराबाट बञ्चित हुने गरेकोमा यस्तै सहयोगबाट विद्यार्थीहरुले अवसर पाइरहेको बताए । उनले एक्सपर्ट चितवन परिवार र पब्लिक स्पिकिङ च्याम्पको टिमलाई धन्यवाद दिए । कार्यक्रममा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाल, एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो
      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ
      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      ताजा समाचार

      सबै

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

      हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

      तिजमा अर्थतन्त्र : यस्तो छ साडीदेखि चुरा पोतेसम्मको व्यापार

      वीरगञ्जमा हैजा प्रकोप : अस्पतालबाट १७१ डिस्चार्ज, २२० जना उपचाररत

      इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      धेरै डिजेल हाल्ने ग्राहकलाई शुभ पेट्रोल्याण्डद्वारा सम्मान : पम्पको खर्चमा पढ्दै छन् असाहय विद्यार्थी

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ३.
        इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

      • ४.
        हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

      • ५.
        आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

      • ६.
        अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.