भरतपुर, १० फागुन
चितवनको इच्छाकामना गाउँपालिका वडा नं-१० सिद्धिमा मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा चितवन रत्ननगर ४ बस्ने २० वर्षीय साहिल राउत र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश चौधरी रहेका छन् ।
ना २२ प ९९९९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइृते दुवै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।