Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवनको पुरानो सदरमुकाम उपर्दाङ्गढीमा भौतिक संरचना निर्माण

फाइल तस्बिर

चितवन, २२ माघ
इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवद्र्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर ९प्राविधिक० भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।

गोलघर, टिकट काउन्टर, पिकनिकस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको उहाँले जानकारी दिनुभयो । पर्यटकको मागअनुसार फोटो खिच्नका लागि आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा आइलगढी लेखेको संरचना निर्माण गरिएको सबइञ्जिनियर गुरुङले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो समय उपर्दाङगढीमा आन्तरिक पर्यटक बढेको जानकारी दिनुभयो ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले गढीको संचरना पुरानै अवस्थामा रहने गरी जीर्ण भएका संरचना मर्मतका साथै केही नयाँ संरचना निर्माण गरेकोे उहाँको भनाइ थियो । गढीको संरक्षणका लागि हेरचाह तथा सरसफाइ गर्ने कर्मचारीको व्यवस्था गरिएको छ ।

अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँको तोप कहाँ छ, त्यसका बारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।”

स्थानीयवासी नवीन गुरुङले पनि पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ विशेष गरेर आन्तरिक पर्यटकको आगमन बढेको छ, सार्वजनिक बिदा, शुक्रबार र शनिबार यहाँका होमस्टे भरिभराउ हुन्छन् ।” इतिहासमा उल्लेख भएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीँबाटै सञ्चालन हुन्थ्यो । सन् १९६० को सुरुसम्म उपर्दाङ्गढी चितवनको सदरमुकाम थियो । तल्कालीन बाइसेचौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा सत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुवा र दुईकोठे घर छन् ।

यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लामटाङ, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र देखिन्छन् । गढी वरपर चेपाङ, मगर र गुरुङ समुदायको बस्ती छ । पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपर्दाङ्गढी, इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, सिराइँचुली, जलवीरे झरना र एकीकृत पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइने अध्यक्ष गुरुङले बताउनुभयो । पूर्वाधार निर्माणसँगै यहाँ पर्यटकको आवागमन वृद्धि भएको अध्यक्ष गुरुङको भनाइ थियो ।राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.