Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

के मतपेटिका साट्न सम्भव होला ? यसो भन्छन् जानकारहरु

काठमाडौं, वैशाख २९ –
केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।

उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो ।

कतिपय व्यक्तिहरूले मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतलाई बुझाउने बेलासम्म साटिने र चलखेल हुनसक्ने आशंका गर्छन् । के त्यस्तो सम्भव हुन्छ त ?

हामीले यो विषयमा निर्वाचन आयोगका आयुक्तदेखि अधिकृतसम्मलाई प्रश्न सोध्यौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले यस्तो कल्पनासम्म पनि गर्न असम्भव हुने बताए ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल मतदानपछि मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने बताउँछन् ।

‘यसवारे जानकारी नभएका सर्वसाधारणलाई शंका हुनु स्वभाविक हो, तर जानेबुझेको मानिसले समेत मतपेटिका साटिन्छ भनेर हल्ला गर्नु अति नै कच्चा काम हो’ उनले भने, ‘सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मतपेटिका साट्न र मत बदल्न सम्भव हुँदैन । यो अलिकति पनि सम्भावना हुन नसक्ने हल्ला हो ।’

उनले मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान सुरु गर्नुअघिको कार्यविधि जान्नुपर्ने बताए ।

आयुक्त पौड्यालका अनुसार, मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो बिर्को पूरै खोल्न मिल्छ भने अर्को बिर्कोभित्र सानो प्वाल हुन्छ, त्यहाँबाट मतदाताले आफूले छाप लगाएको मत खसाउन मिल्छ तर निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ । ठूलो अर्थात मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ भने मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

‘मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरुलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन, ताकि मतपेटिकामा पहिले केही राखेको भए खसोस र रित्तो भएको सुनिश्चित होस,’ उनी भन्छन् । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।’

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ, तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैचीले सिलको बाहिरको भाग काटेर तोड्नुपर्छ । ‘हरेक सिलमा सिरियल नम्बर हुन्छ र कुनै पनि सिलको सिरियल नम्बर दोहोरिदैन’ निर्वाचन आयुक्त पौड्याल भन्छन्, ‘दलका प्रतिनिधिहरूले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरूले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउछन् ।’

बिहान ७ देखि दिनभर मतदान हुँदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाबाट मतपत्र निकाल्न मिल्दैन । बेलुकी पाँच बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिहरूलाई बोलाउछन् ।

उनीहरूको प्रत्यक्ष उपस्थितिमा मतदान अधिकृतले मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्यालमा पनि अर्को सानो बिर्को लगाउँछन् र सिलबन्दी गर्छन । मतपेटिका पूरै सिलबन्दी भएपछि त्यो सुरक्षाकर्मी र मतदान अधिकृतको जिम्ममा रहन्छ ।

मतदान केन्द्रदेखि निर्वाचन अधिकृत (पछि उनीहरूलाई प्रमुख मतगणना अधिकृत भनिएको छ)को कार्यालयमा गएर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । दलका प्रतिनिधिहरूले मतदान हुने ठाँउदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजादा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्छन् ।

‘त्यसका लागि हामीले सम्भव भएसम्म दलका प्रतिनिधिहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउन भनेका हुन्छौं’ निर्वाचन आयुक्त पौड्यालले भने, ‘व्यहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेदवार भएका ठाँउमा दलका प्रतिनिधिहरू मतपेटिका बोकेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ । दुर्गममा समेत हेलिकप्टरबाट मतपेटिका ओसार्दा हामीले दलका प्रतिनिधिहरूलाई सम्भव भएसम्म साथमा ल्याउनु भनेका छौं ।’

मतदान अधिकृतले निर्वाचन अधिकृतलाई मतपेटिका बुझाइसकेपछि तिनलाई एकैठाँउमा संकलन गरिन्छ । मतपेटिका कुनै ठाँउमा भण्डारण गरेर रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरु बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ ।

आयुक्त पौड्याल भन्छन्, ‘त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधिलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने चलन छ । शंका उठेमा त्यसको निवारण हुने सबै उपाय अवलम्बन गर्नुपर्छ ।’

सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम सुरु हुन्छ । त्यसक्रममा मतपेटिकाको बिर्कोको सिल तोडनुअघि सुरुको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधिहरूको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको काम सुरु हुन्छ । विश्वसनीयता र गोपनियताका लागि प्रायः दुईभन्दा बढी मतदान स्थलका मतपत्र मिसाएर गन्ने चलन हुन्छ ।

मतपत्रमा अन्य सुरक्षा फिचर र मतदान अधिकृतको दस्तखतका कारण पनि मतपेटिका साटिन सम्भव नहुने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । मतपत्रको बिचमा विशेष सुरक्षा संकेत राखिएको हुन्छ, जुन निर्वाचन आयोगका दुई अधिकारीहरू बाहेक तेस्रो व्यक्तिलाई समेत थाह हुँदैन ।

अर्कोतर्फ मतदान अधिकृतले मतदानस्थलमा बाहेक अन्यत्र मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएकाले पनि उसैको हस्ताक्षरयुक्त फर्जी मत खसालेर अर्को मतपेटिका तम्तयार राख्न सम्भव हुँदैन । ‘एक त कतै साट्ने सम्भावना नै छैन’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भनेका छन्, ‘अर्कोतर्फ (त्यस्तो मतपत्र) साटेर पनि केही काम छैन, त्यो खाटो नोटजस्तो हुन्छ ।’ – अनलाइनखबरले तयार पारेको यो समाचार हामीले यहाँ पनि प्रशारण गरेका हौं ।

 

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

ताजा समाचार

सबै

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech