काठमाडाैं कात्तिक २९,
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।
रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरूसँग टीका थाप्ने चलन छ ।
भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ । आज बिहानदेखि बेलुकीसम्मै मन्दिर खुला रहने छ ।















