Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ ११, २०८३
☰
Logo सोमबार, जेठ ११, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५. बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६. ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

  • ७. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ८. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ९. प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

  • १०. यस्तो रहने छ आजको राशिफल

सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, ओलीको मात्र विरोध

काठमाडौं, २३ वैशाख –
‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलिय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ आयोजना गरेको सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिएको अभिव्यक्ति हो यो ।

केसीको यो भनाइले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले पाँच दलीय गठबन्धन भन्दा सारै कमजोर छैन भन्ने कुराको संकेत गरेको छ । सत्ता गठबन्धनमा रहेको नेताहरु केही दिन यता महानगर केन्द्रीत सभामा व्यस्त बनेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायत गठबन्धनका उम्मेदवारका पक्षमा मत माग्ने सभामा व्यस्त रहेका छन् ।

वर्तमान प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री रहेको पाँच दलीय गठबन्धनले काठमाडौं सहितमा ६ महानगरमा वैशाख ३० गतेको लागि चुनावी तालमेल गरेका छन् र संयुक्त रुपमा मत माग्नका लागि सभा आयोजना गरिरहेका छन् ।

कमजोर उपस्थिति ?

पाँच मुख्य राजनीतिक शक्ति एकातिर भए पनि चुनावी सभाहरुमा जनमानसको उपस्थिति भने कमजोर देखिएको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी भइरहेको पाइन्छ । देशभरमध्ये नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा बिहीबार गठबन्धनले सभाको आयोजना गरेको थियो । गठबन्धनको शक्ति प्रदर्शनको आँकलन गरिएको उक्त सभामा मानिसहरुको कमजोर उपस्थिति देखिएको भन्दै अवस्था गठबन्धनले सोचे जस्तो सहज नरहेको टिप्पणी भएको थियो ।

बिहीबारको कार्यक्रममा नै मेयरकी उम्मेदवारसमेत रहेको प्रचण्ड पुत्री रेणु दाहालले सभामा मानिसहरुको केही कम उपस्थितिलाई लिएर चिन्तित हुनु नपर्ने बारम्बार भनेकी थिइन् भने कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले सभामा कम उपस्थितले कांग्रेसको मत गठबन्धन भन्दा यता उति हुने गरि बुझ्न नहुने बताएका थिए ।

पाँचै दलका शीर्ष नेता सहभागी कार्यक्रममा भएको कमजोर उपस्थितिले चितवन एमाले भने हौसिएको छ। कांग्रेस नेता कार्यकर्ताको चाहान विपरित गठबन्धन भएकाले बागी उम्मेदवारी पर्दा गठबन्धन यसै पनि समस्यामा रहेको छ ।

शुक्रबार काठमाडौंमा पनि सत्ता गठबन्धनले कार्यक्रमको आयोजना गरेको थियो । महानगरका उम्मेदवारसहित शीर्ष नेताहरुले सम्बोधन गरेको कार्यक्रमलाई सामान्य रुपमा नै आयोजना गरिएको थियो ।

पाँच दलका शीर्ष नेता सहभागी सभामा उपस्थित कम भएको चर्चा चलिरहँदा एमाले अध्यक्ष ओली पनि जिल्ला दौडामा छन् र संख्यात्मक रुपमा गठबन्धन भन्दा धेरै मानिस भेला गरेर उनी गठबन्धनविरुद्ध ‘आगो उकेलिरहेका’ छन्।

आजै पनि ओलीले स्वार्थमा लिप्त बनेको गठबन्धन सरकारले देशलाई बर्बाद पारेको आरोप लगाए ।‘सरकार कसरी गठबन्धन जोगाउने भन्नेमा लागिपरेको छ,’ उनले भने, ‘दस महिना हामीले हेर्‍यौं । अर्थतन्त्र डमाडोल पारे । योभन्दा बर्बाद के हुन सक्छ ?’ उनले भनेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला पुगेर ओलीले नेपालमाथि तल्लो स्तरमा झरेर भाषण गरेका छन् । उनले नेपाललाई कुहिएको फर्सी भनिदिए ।

हुन त नेता नेपालले पनि बिहीबार चितवन पुगेर एमाले फर्सी कुहिएको जस्तै कुहिइसकेको बताएका थिए ।

कमजोर चुनाव एजेन्डा, व्यक्तिगत कुण्ठा पोख्दै नेता स्थानीय तहमा दल तथा उम्मेदवारले गर्ने काम र भावी योजनाबारे मतदातालाई जानकारी दिन गरिएका चुनावी सभामा यस्ता विषयले कमै स्थान पाउने गरेको छ । संघीय वा प्रदेश निर्वाचनको झल्को दिने गरि सभाहरु आयोजना भइरहेका छन् ।

उक्त स्थानीय तहमा उम्मेदवारले गर्ने काम भन्दा बढी राष्ट्रिय मुद्दा र नेताहरुको व्यक्तिगत कुण्ठामा मात्र दलहरु बढी केन्द्रित भएका छन् । जनजीविकाका सवालमा भन्दा राजनीतिक दलहरु एक अर्कालाई खुइलाउन मात्र बढी केन्द्रीत भएका देख्न सकिन्छन् ।

गठबन्धनका दलहरुले एमाले अध्यक्ष ओली र उनी नेतृत्वको गठबन्धनको चर्को बिरोध गरिरहँदा ओली भने गठबन्धन र विशेष गरि प्रचण्ड तथा माधव नेपालविरुद्ध विष वमन गरिरहेका छन् । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

ताजा समाचार

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४.
    इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५.
    बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६.
    ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech