१४ असोज, काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।