Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

एआईसँग किन त्रसित छ विश्व ?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स । अहिलेको प्रविधिको दुनियाँमा योभन्दा धेरै चर्चायुक्त शब्दावली नै छैन भन्दा फरक पर्दैन ।

एआईका कारण धेरै मानिसहरुले रोजगारी गुमाइरहेका समाचार पनि आउने गरेका छन् । आगामी दिनहरुमा एआईले विश्वमा करोडौं मानिसहरुको जागिर समाप्त गरिदिने आँकलन गरिएको छ । गोल्डम्यान सेसको रिपोर्ट अनुसार सन् २०३० सम्ममा विश्वभरका ३० करोड मानिसले एआईकै कारण आफ्नो रोजगारी गुमाउनेछन् ।

एआईको सबैभन्दा ठूलो असर कोडर, कम्प्युटर प्रोग्रामर, सफ्टवेयर इन्जिनियर, डेटा एनालिस्ट, न्याय उद्योग, बजार विश्लेषक जस्ता जागिरहरुमा पर्नेछ । यद्यपि यसले विस्तारै अन्य क्षेत्रहरुमा पनि असर पूराउनेछ र त्यहाँका जनशक्तिहरुले पनि जागिर गुमाउने खतरा बढ्नेछ । अनि त्यसोभए के एआई केवल मानिसको जागिर खोसिदिनका लागि मात्रै आएको हो त ?

एसिया, युरोप होस् वा अमेरिकाको प्रविधि उद्योगमा अहिले एआई सबैको चासो, आशा र चिन्ताको विषय बनिरहेको छ । मानिसहरु बुझ्न चाहन्छन् कि आखिर एआई वास्तवमा के हो जसले लाखौं करोडौं मानिसको जागिर खोस्नका लागि तयार देखिएको छ ? यो कहाँबाट आयो र मानिसले यसको प्रतिकार गर्न किन सकिरहेको छैन ?

यस्ता कैयन् सवालहरू छन् जो मानिसहरुका समूह तथा सोसल मिडियामा समेत चर्चाको विषय बनेका छन् । एआईप्रति मानिसहरुको धारणा समान छैन । कतिपयले यसलाई आफ्नी साथी ठानेका छन् त कतिपयले यसले प्राविधिक दानवको रुपमा समेत हेर्दछन् ।

वास्तवमा रोबोट्स, साइबर्ग, सुपर ह्युम आदि यस्ता भविष्यपरक अवधारणा हुन् जसका मानव जीवनमा तीव्र रुपमा दखल बढिरहेको छ । सीधा शब्दमा भन्नुपर्दा त्यो रथ जसमाथि सवार भएर यी वैज्ञानिक आविष्कारले मानव जीवनमा तीव्र रुपमा दखल बढाइरहेका छन् त्यो आर्टिफिसियल इन्टेलिजेन्स नै हो ।

एआई विज्ञान तथा प्रविधि क्षेत्रको सबैभन्दा पछिल्लो आविष्कार हो जसले आजको दुनियाँमा सबैभन्दा धेरै चर्चा पाइरहेको छ । यसले आज एक आम मानिसलाई सर्वाधिक चकित तुल्याइदिएको छ । जागिरे मानिसहरुमा यसप्रति सर्वाधिक त्रास छ । यो पूरै विश्वमा तथा मानवीय जीवनमा आउने कुनै क्रान्तिकारी परिवर्तनको सुरुवाती संकेतको रुपमा देखा परेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स के हो ?

सरल शब्दमा भन्नुपर्दा मेसिनमा मानिसको जस्तै बुद्धि वा बौद्धिक क्षमता हुनु नै आर्टिफिसियल इन्टेलिजेन्स हो । यसलाई कृत्रिम तरिकाबाट विकसित गरिएको हुन्छ । कोडिंगका माध्यमबाट मेसिनमा मानिसको जस्तै बौद्धिकताको विकास गरिन्छ ताकि उसले मानिसले जस्तै सिक्न, आफैंले निर्ण गर्न र एकसाथ धेरै कामहरु गर्न सक्दछ ।

आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट कम्प्युटर सिस्टम वा रोबोटिक सिस्टमलाई यस्तो किसिमले तयार गरिन्छ कि यसले मानव मस्तिष्कले जस्तै गरी तर्कका आधारमा चल्ने प्रयास गर्दछ ।

एआईले कसरी काम गर्छ ?

एआई वास्तवमा मेसिन लर्निंगको माध्यमबाट नितान्त मानिसको जस्तै बुद्धिको विकास गर्ने प्रक्रिया हो । यसबाट मेसिनले मानवीय सहयोग विना कम्प्युटर प्रोग्रामबाटै स्वचालित रुपमा सिक्दछ । अर्थात् तपाईंले मेसिनलाई कुनै कमान्ड दिनुहुन्छ र उसले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको हिसाबबाट निर्णय गर्दछ र फेरि त्यसको कमान्डमा काम गर्दछ ।

सजिलो शब्दमा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्स मानिसको जस्तै सोच्ने सफ्टवेयर हो जसले मानिसले जस्तै निर्णयहरु सिक्दछ । मानव मस्तिष्कले कसरी सोच्दछ र समस्याको हल गर्ने समय कसरी सिक्दछ ? कसरी निर्णय दिन्छ र कस्तो काम गर्दछ ? भन्ने कुरा एआईले अध्ययन गर्दछ । यी सबै तर्कका आधारमा एआईले सोही जस्तो परिस्थितिमा निर्णय लिन्छ ।

कुन कुन ठाउँमा भैरहेको छ एआईको प्रयोग ?

एआईको प्रभाव तमाम क्षेत्रहरुमा तिव्ररुपमा बढिरहेको छ । यसको माध्यमबाट केवल सफ्टवेयर तथा एपको कोडिंग मात्र होइन लेखन, फोटोग्राफी, फोटो तथा ग्राफिक्स डिजाइनिंग, सम्पादन, चिकित्सा, शिक्षा आदिजस्ता कामहरु सजिलैसँग ठूलो परिमाणमा गर्न सम्भव हुन्छ । साथै सडक, रेल तथा हवाई यातायातमा ट्राफिक नियन्त्रण, स्मार्ट कार, सेल्फ ड्राइभिंग कार, भ्याकुम क्लिनर, पर्सनल असिस्टेन्ट रोबोट आदिको रुपमा पनि विश्वमा एआईको प्रयोग बढिरहेको छ ।

पछिल्लो केही वर्षमा एआईको प्रयोग विश्वभर तीव्र रुपमा बढिरहेको छ र पछिल्ला केही महिनामा त एआईले क्रान्तिकारी ढंगले आफ्नो स्थान सुरक्षित पारेको छ । विभिन्न च्याटबट वा एलेक्सा जस्तो स्मार्ट स्पिकरका साथै शिक्षा, गेमिंग, मौसम पूर्वानुमान, उद्योगमा उत्पादन प्रणालीलाई ठीक पार्ने तथा लेखापालन जस्ता कामहरु एआईले गर्न थालिसकेको छ ।

एआई प्रविधिका कारण सफ्टवेयर, पर्सनल रिलेसन, लेखन, सम्पादन, डिजाइनिंग जस्ता सिर्जनात्मक जागिरमा खतरा पैदा गर्दछ । त्यस्तै एआईले उसलाई दिइएको सबै काम पूरा गर्नेमात्र नभई हरेक पटक सिक्ने र सुधार गर्दै जान्छ, जसका कारण ऊ कुनै एकजना मानिसभन्दा अधिक ज्ञानवान र शक्तिशाली बन्दै जान्छ । मानिसले एआईको गतिसँग प्रतिस्पर्धा गर्नपनि सम्भव हुँदैन ।

स्वास्थ्य सेवामा भने वरदान

स्वास्थ्य सेवाको क्षेत्रमा एआई केवल सामान्य स्वास्थ्यको हेरचाह, सरीरका विभिन्न मापदण्डहरुको मापन तथा अनुगमनका साथै रोगको निदानका लागि मात्र होइन एआई स्क्यानको प्रयोगबाट शरीरका ससाना समस्याहरुको समेत पहिचान गर्न सहयोग पुगिरहेको छ ।

एआईको प्रयोग विरामीहरुको श्रेणीका आधारमा पहिचान गर्ने, विशेष स्वास्थ्य आवश्यकताको पहिचान गर्ने, उपचारका लागि हरक मानिसमा केन्द्रित भएर योजना बनाउने, त्यसलाई सम्झाउने र त्यसको अनुगमन गर्ने, मेडिकल रेकर्ड बनाउने र ट्रयाक गर्नुका साथै स्वास्थ्य विमाको दाबी सम्बन्धी काम सम्पन्न गर्न पनि एआईको सहयोग लिन थालिएको छ ।

भविष्यमा एआईमा आधारित रोबोटिक सर्जरी, भर्चुअल नर्स तथा डाक्टर आदि सुविधाका लागि पनि एआईको भविष्य निकै सफल मानिन्छ ।

यस्तो छ एआईको इतिहास

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सुरुवात सन् १९५० को दशकमा भएको हो । एलेन ट्युरिंगले मेसिन लर्निंग प्रविधिको परीक्षणका लागि Three Laws of Robotics नामक पुस्तक प्रकाशित गरे र स्वर परीक्षा समेत लिए । उक्त पुस्तकमा मानिसजस्तै मेसिनलाई सिकाउन सकिने कुरा देखिएको छ ।

सन् १९५८ मा एमआइटीमा जोन म्याकार्थीले Lips प्रोग्रामिंग भाषाको विकास गे जसबाट आर्टिफिसियल इनटेलिजेन्स एप बन्ने बाटो खुल्यो ।

सन् १९६८ मा इन्टेलिजेन्ट ज्ञानमा आधारित बुद्धिचाल खेल प्रोग्राम तयार गरियो जसबाट एआईको दिशामा सफलताको पहिलो बाटो खुल्यो ।

सन् १९७९ मा विकास भएको knowledge based medical diagnostic programme INTERNIST को विकासले नयाँ नयाँ क्षेत्रमा एआइको विकासको बाटो खोल्यो ।

त्यस्तै सन् १९८७ मा पहिलो व्यवसायिक रणनीतिक तथा व्यवस्थापकीय परापर्श प्रणालीको विकासले एआईको क्षेत्रलाई थप विस्तार गरिदियो ।

त्यसको अघिल्लो दशकमा मेसिनहरुले कसरी आफ्नो आसपासको वातावरणलाई बुझ्न सक्दछन् ? त्यसमा परिवर्तनको सन्दर्भ तथा कारण बुझ्न सक्नुका साथै यस विषयमा मानिसको बुद्धि जस्तै आफ्नो इन्टेलिजेन्सको प्रयोग गर्न सक्दछन् भन्ने विषयमा अनुसन्धान भयो ।

एआईको माध्यमबाट मेसिनहरुलाई यस्तो प्रकारले प्रशिक्षित गर्न थालियो कि समस्याको पहिचान गर्न सकुन्, त्यसको कारणहरु बुझ्न तथा एल्गोरिदमको माध्यमबाट त्यस्तो तहसमेत तयार गर्न सकियोस् कि त्यो सिकाइको आधारमा अगाडिको रणनीति पनि बनाउने र त्यस्तै खालको समस्या आउँदा त्यसको पहिचान गरी समाधान पनि गर्न सकोस् ।

सन् १९९७ मा दुनियाले एउटा ठूलो रोमाञ्चक मोड देख्न पायो जब आइबिएम कम्पनीले बनाएको डिप ब्लु चेस मेसिनले त्यसबेलाका बुद्धिचालका विश्व च्याम्पियन गेरी कास्परोभलाई हराइदियो । यो मेसिन र मानिसको क्षमताको बीचको एउटा ऐतिहासिक परीक्षण थियो जहाँ मेसिनको इन्टेलिजेन्सको अगाडि मानिसको बुद्धिले हार खायो । यसले के पनि प्रमाणित गर्‍यो भने बौद्धिक काम मेसिनले पनि गर्न सक्दछ र त्यो पनि मानिसले जस्तै बुद्धिको प्रयोग गरेर र आफैले निर्णय गरेर ।

एआईका फाइदा तथा बेफाइदा यस्ता छन् :

फाइदाहरु :
· दोहोराइरहनुपर्ने कार्यहरु स्वचालित रुपमा गर्दछ
· औद्योगिक उत्पादकत्व बढाउन योगदान गर्दछ
· स्वास्थ्य सेवा, रोगको निदान, मेडिकल रेकर्ड राख्ने लगायतका काम सहज
· स्वास्थ्यका मापदण्डहरुको निगरानी
· सेल्फ ड्राइभिंगका माध्यमबाट दुर्घटना रोक्न उपयोगी
· लेखन, सम्पादन तथा डिजाइनिंगमा
· अटोमेसनमार्फत् निर्णयमा निष्पक्षता कायम गर्न

बेफाइदाहरुः
· मानिसहरुमा सीपको खाडल बढ्ने
· अटोमेसनका कारण मानवीय रोजगारीहरु गुम्ने
· आर्थिक स्तरमा असमानता बढ्ने
· डेटा गोपनीयतामा जोखिम

एआईप्रति किन विश्व त्रसित छ ?

विश्वमा पछिल्ला २ दशकमा जुन नयाँ नयाँ व्यवसायिक रोजगारीहरुले युवाहरुका लागि प्रगतिको मार्ग प्रसस्त गरेको थियो आज तिनै सिर्जनात्मक रोजगारीहरुमा एआईबाट सबैभन्दा धेरै खतरा पैदा भएको देखिन्छ ।

उदाहरणका लागि सफ्टवेयर निर्माण, पिआर, लेखन, सम्पादन, डिजाइनिंग आदि जस्ता जागिरहरु । च्याट जिपिटीजस्ता एआई टूल्सहरुले यी कामहरुलाई प्रणालीबद्ध तरिकाले तथा क्षणभरमै पूरा गर्दछन् । एआईको विशेषता भनेको यसले केवल दिएको कामलाई पूरा गर्नेमात्र होइन हरेक पटक पुरानो अनुभवबाट सिक्दछ र सुधार गर्दै जान्छ । त्यसको गतिसँग प्रतिस्पर्धा गर्नु मानिसको वशमा हुँदैन।

गत मार्च महिनामा गोल्डम्यान साक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार आगामी केही वर्षमै एआईले विश्वमा ३० करोड रोजगारीलाई प्रतिस्थापन गरिदिने क्षमता राख्दछ ।

अघिल्लो वर्ष सार्वजनिक भएको पिडब्लुसीको रिपोर्ट अनुसार प्रविधिको तीव्र परिवर्तनका कारण एक तिहाई मानिसहरुले आगामी ३ वर्षभित्रमा आफ्नो रोजगारीमाथि संकट आउने अनुभव गरेका छन् ।

एआईको बढ्दो प्रभावसँगै श्रममूलक पेशाहरुमा संलग्न जनशक्तिहरुमा समेत त्रास पैदा भएको छ । माइक्रोसफ्टले हालै गरेको एक सर्भे अनुसार च्याट जिपिटी, गुगल बार्ड र माइक्रोसफ्ट बिंग जस्ता एआई टूल्सका कारण कम्पनीहरुलाई विभिन्न कामहरु गर्न सहज बनिरहेको छ र मानवीय जनशक्तिमाथिको निर्भरता कम हुँदै गएको छ ।

एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
आइतबार, भदौ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु
‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल
नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

ताजा समाचार

सबै

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech