Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ९. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

एआईसँग किन त्रसित छ विश्व ?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स । अहिलेको प्रविधिको दुनियाँमा योभन्दा धेरै चर्चायुक्त शब्दावली नै छैन भन्दा फरक पर्दैन ।

एआईका कारण धेरै मानिसहरुले रोजगारी गुमाइरहेका समाचार पनि आउने गरेका छन् । आगामी दिनहरुमा एआईले विश्वमा करोडौं मानिसहरुको जागिर समाप्त गरिदिने आँकलन गरिएको छ । गोल्डम्यान सेसको रिपोर्ट अनुसार सन् २०३० सम्ममा विश्वभरका ३० करोड मानिसले एआईकै कारण आफ्नो रोजगारी गुमाउनेछन् ।

एआईको सबैभन्दा ठूलो असर कोडर, कम्प्युटर प्रोग्रामर, सफ्टवेयर इन्जिनियर, डेटा एनालिस्ट, न्याय उद्योग, बजार विश्लेषक जस्ता जागिरहरुमा पर्नेछ । यद्यपि यसले विस्तारै अन्य क्षेत्रहरुमा पनि असर पूराउनेछ र त्यहाँका जनशक्तिहरुले पनि जागिर गुमाउने खतरा बढ्नेछ । अनि त्यसोभए के एआई केवल मानिसको जागिर खोसिदिनका लागि मात्रै आएको हो त ?

एसिया, युरोप होस् वा अमेरिकाको प्रविधि उद्योगमा अहिले एआई सबैको चासो, आशा र चिन्ताको विषय बनिरहेको छ । मानिसहरु बुझ्न चाहन्छन् कि आखिर एआई वास्तवमा के हो जसले लाखौं करोडौं मानिसको जागिर खोस्नका लागि तयार देखिएको छ ? यो कहाँबाट आयो र मानिसले यसको प्रतिकार गर्न किन सकिरहेको छैन ?

यस्ता कैयन् सवालहरू छन् जो मानिसहरुका समूह तथा सोसल मिडियामा समेत चर्चाको विषय बनेका छन् । एआईप्रति मानिसहरुको धारणा समान छैन । कतिपयले यसलाई आफ्नी साथी ठानेका छन् त कतिपयले यसले प्राविधिक दानवको रुपमा समेत हेर्दछन् ।

वास्तवमा रोबोट्स, साइबर्ग, सुपर ह्युम आदि यस्ता भविष्यपरक अवधारणा हुन् जसका मानव जीवनमा तीव्र रुपमा दखल बढिरहेको छ । सीधा शब्दमा भन्नुपर्दा त्यो रथ जसमाथि सवार भएर यी वैज्ञानिक आविष्कारले मानव जीवनमा तीव्र रुपमा दखल बढाइरहेका छन् त्यो आर्टिफिसियल इन्टेलिजेन्स नै हो ।

एआई विज्ञान तथा प्रविधि क्षेत्रको सबैभन्दा पछिल्लो आविष्कार हो जसले आजको दुनियाँमा सबैभन्दा धेरै चर्चा पाइरहेको छ । यसले आज एक आम मानिसलाई सर्वाधिक चकित तुल्याइदिएको छ । जागिरे मानिसहरुमा यसप्रति सर्वाधिक त्रास छ । यो पूरै विश्वमा तथा मानवीय जीवनमा आउने कुनै क्रान्तिकारी परिवर्तनको सुरुवाती संकेतको रुपमा देखा परेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स के हो ?

सरल शब्दमा भन्नुपर्दा मेसिनमा मानिसको जस्तै बुद्धि वा बौद्धिक क्षमता हुनु नै आर्टिफिसियल इन्टेलिजेन्स हो । यसलाई कृत्रिम तरिकाबाट विकसित गरिएको हुन्छ । कोडिंगका माध्यमबाट मेसिनमा मानिसको जस्तै बौद्धिकताको विकास गरिन्छ ताकि उसले मानिसले जस्तै सिक्न, आफैंले निर्ण गर्न र एकसाथ धेरै कामहरु गर्न सक्दछ ।

आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट कम्प्युटर सिस्टम वा रोबोटिक सिस्टमलाई यस्तो किसिमले तयार गरिन्छ कि यसले मानव मस्तिष्कले जस्तै गरी तर्कका आधारमा चल्ने प्रयास गर्दछ ।

एआईले कसरी काम गर्छ ?

एआई वास्तवमा मेसिन लर्निंगको माध्यमबाट नितान्त मानिसको जस्तै बुद्धिको विकास गर्ने प्रक्रिया हो । यसबाट मेसिनले मानवीय सहयोग विना कम्प्युटर प्रोग्रामबाटै स्वचालित रुपमा सिक्दछ । अर्थात् तपाईंले मेसिनलाई कुनै कमान्ड दिनुहुन्छ र उसले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको हिसाबबाट निर्णय गर्दछ र फेरि त्यसको कमान्डमा काम गर्दछ ।

सजिलो शब्दमा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्स मानिसको जस्तै सोच्ने सफ्टवेयर हो जसले मानिसले जस्तै निर्णयहरु सिक्दछ । मानव मस्तिष्कले कसरी सोच्दछ र समस्याको हल गर्ने समय कसरी सिक्दछ ? कसरी निर्णय दिन्छ र कस्तो काम गर्दछ ? भन्ने कुरा एआईले अध्ययन गर्दछ । यी सबै तर्कका आधारमा एआईले सोही जस्तो परिस्थितिमा निर्णय लिन्छ ।

कुन कुन ठाउँमा भैरहेको छ एआईको प्रयोग ?

एआईको प्रभाव तमाम क्षेत्रहरुमा तिव्ररुपमा बढिरहेको छ । यसको माध्यमबाट केवल सफ्टवेयर तथा एपको कोडिंग मात्र होइन लेखन, फोटोग्राफी, फोटो तथा ग्राफिक्स डिजाइनिंग, सम्पादन, चिकित्सा, शिक्षा आदिजस्ता कामहरु सजिलैसँग ठूलो परिमाणमा गर्न सम्भव हुन्छ । साथै सडक, रेल तथा हवाई यातायातमा ट्राफिक नियन्त्रण, स्मार्ट कार, सेल्फ ड्राइभिंग कार, भ्याकुम क्लिनर, पर्सनल असिस्टेन्ट रोबोट आदिको रुपमा पनि विश्वमा एआईको प्रयोग बढिरहेको छ ।

पछिल्लो केही वर्षमा एआईको प्रयोग विश्वभर तीव्र रुपमा बढिरहेको छ र पछिल्ला केही महिनामा त एआईले क्रान्तिकारी ढंगले आफ्नो स्थान सुरक्षित पारेको छ । विभिन्न च्याटबट वा एलेक्सा जस्तो स्मार्ट स्पिकरका साथै शिक्षा, गेमिंग, मौसम पूर्वानुमान, उद्योगमा उत्पादन प्रणालीलाई ठीक पार्ने तथा लेखापालन जस्ता कामहरु एआईले गर्न थालिसकेको छ ।

एआई प्रविधिका कारण सफ्टवेयर, पर्सनल रिलेसन, लेखन, सम्पादन, डिजाइनिंग जस्ता सिर्जनात्मक जागिरमा खतरा पैदा गर्दछ । त्यस्तै एआईले उसलाई दिइएको सबै काम पूरा गर्नेमात्र नभई हरेक पटक सिक्ने र सुधार गर्दै जान्छ, जसका कारण ऊ कुनै एकजना मानिसभन्दा अधिक ज्ञानवान र शक्तिशाली बन्दै जान्छ । मानिसले एआईको गतिसँग प्रतिस्पर्धा गर्नपनि सम्भव हुँदैन ।

स्वास्थ्य सेवामा भने वरदान

स्वास्थ्य सेवाको क्षेत्रमा एआई केवल सामान्य स्वास्थ्यको हेरचाह, सरीरका विभिन्न मापदण्डहरुको मापन तथा अनुगमनका साथै रोगको निदानका लागि मात्र होइन एआई स्क्यानको प्रयोगबाट शरीरका ससाना समस्याहरुको समेत पहिचान गर्न सहयोग पुगिरहेको छ ।

एआईको प्रयोग विरामीहरुको श्रेणीका आधारमा पहिचान गर्ने, विशेष स्वास्थ्य आवश्यकताको पहिचान गर्ने, उपचारका लागि हरक मानिसमा केन्द्रित भएर योजना बनाउने, त्यसलाई सम्झाउने र त्यसको अनुगमन गर्ने, मेडिकल रेकर्ड बनाउने र ट्रयाक गर्नुका साथै स्वास्थ्य विमाको दाबी सम्बन्धी काम सम्पन्न गर्न पनि एआईको सहयोग लिन थालिएको छ ।

भविष्यमा एआईमा आधारित रोबोटिक सर्जरी, भर्चुअल नर्स तथा डाक्टर आदि सुविधाका लागि पनि एआईको भविष्य निकै सफल मानिन्छ ।

यस्तो छ एआईको इतिहास

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सुरुवात सन् १९५० को दशकमा भएको हो । एलेन ट्युरिंगले मेसिन लर्निंग प्रविधिको परीक्षणका लागि Three Laws of Robotics नामक पुस्तक प्रकाशित गरे र स्वर परीक्षा समेत लिए । उक्त पुस्तकमा मानिसजस्तै मेसिनलाई सिकाउन सकिने कुरा देखिएको छ ।

सन् १९५८ मा एमआइटीमा जोन म्याकार्थीले Lips प्रोग्रामिंग भाषाको विकास गे जसबाट आर्टिफिसियल इनटेलिजेन्स एप बन्ने बाटो खुल्यो ।

सन् १९६८ मा इन्टेलिजेन्ट ज्ञानमा आधारित बुद्धिचाल खेल प्रोग्राम तयार गरियो जसबाट एआईको दिशामा सफलताको पहिलो बाटो खुल्यो ।

सन् १९७९ मा विकास भएको knowledge based medical diagnostic programme INTERNIST को विकासले नयाँ नयाँ क्षेत्रमा एआइको विकासको बाटो खोल्यो ।

त्यस्तै सन् १९८७ मा पहिलो व्यवसायिक रणनीतिक तथा व्यवस्थापकीय परापर्श प्रणालीको विकासले एआईको क्षेत्रलाई थप विस्तार गरिदियो ।

त्यसको अघिल्लो दशकमा मेसिनहरुले कसरी आफ्नो आसपासको वातावरणलाई बुझ्न सक्दछन् ? त्यसमा परिवर्तनको सन्दर्भ तथा कारण बुझ्न सक्नुका साथै यस विषयमा मानिसको बुद्धि जस्तै आफ्नो इन्टेलिजेन्सको प्रयोग गर्न सक्दछन् भन्ने विषयमा अनुसन्धान भयो ।

एआईको माध्यमबाट मेसिनहरुलाई यस्तो प्रकारले प्रशिक्षित गर्न थालियो कि समस्याको पहिचान गर्न सकुन्, त्यसको कारणहरु बुझ्न तथा एल्गोरिदमको माध्यमबाट त्यस्तो तहसमेत तयार गर्न सकियोस् कि त्यो सिकाइको आधारमा अगाडिको रणनीति पनि बनाउने र त्यस्तै खालको समस्या आउँदा त्यसको पहिचान गरी समाधान पनि गर्न सकोस् ।

सन् १९९७ मा दुनियाले एउटा ठूलो रोमाञ्चक मोड देख्न पायो जब आइबिएम कम्पनीले बनाएको डिप ब्लु चेस मेसिनले त्यसबेलाका बुद्धिचालका विश्व च्याम्पियन गेरी कास्परोभलाई हराइदियो । यो मेसिन र मानिसको क्षमताको बीचको एउटा ऐतिहासिक परीक्षण थियो जहाँ मेसिनको इन्टेलिजेन्सको अगाडि मानिसको बुद्धिले हार खायो । यसले के पनि प्रमाणित गर्‍यो भने बौद्धिक काम मेसिनले पनि गर्न सक्दछ र त्यो पनि मानिसले जस्तै बुद्धिको प्रयोग गरेर र आफैले निर्णय गरेर ।

एआईका फाइदा तथा बेफाइदा यस्ता छन् :

फाइदाहरु :
· दोहोराइरहनुपर्ने कार्यहरु स्वचालित रुपमा गर्दछ
· औद्योगिक उत्पादकत्व बढाउन योगदान गर्दछ
· स्वास्थ्य सेवा, रोगको निदान, मेडिकल रेकर्ड राख्ने लगायतका काम सहज
· स्वास्थ्यका मापदण्डहरुको निगरानी
· सेल्फ ड्राइभिंगका माध्यमबाट दुर्घटना रोक्न उपयोगी
· लेखन, सम्पादन तथा डिजाइनिंगमा
· अटोमेसनमार्फत् निर्णयमा निष्पक्षता कायम गर्न

बेफाइदाहरुः
· मानिसहरुमा सीपको खाडल बढ्ने
· अटोमेसनका कारण मानवीय रोजगारीहरु गुम्ने
· आर्थिक स्तरमा असमानता बढ्ने
· डेटा गोपनीयतामा जोखिम

एआईप्रति किन विश्व त्रसित छ ?

विश्वमा पछिल्ला २ दशकमा जुन नयाँ नयाँ व्यवसायिक रोजगारीहरुले युवाहरुका लागि प्रगतिको मार्ग प्रसस्त गरेको थियो आज तिनै सिर्जनात्मक रोजगारीहरुमा एआईबाट सबैभन्दा धेरै खतरा पैदा भएको देखिन्छ ।

उदाहरणका लागि सफ्टवेयर निर्माण, पिआर, लेखन, सम्पादन, डिजाइनिंग आदि जस्ता जागिरहरु । च्याट जिपिटीजस्ता एआई टूल्सहरुले यी कामहरुलाई प्रणालीबद्ध तरिकाले तथा क्षणभरमै पूरा गर्दछन् । एआईको विशेषता भनेको यसले केवल दिएको कामलाई पूरा गर्नेमात्र होइन हरेक पटक पुरानो अनुभवबाट सिक्दछ र सुधार गर्दै जान्छ । त्यसको गतिसँग प्रतिस्पर्धा गर्नु मानिसको वशमा हुँदैन।

गत मार्च महिनामा गोल्डम्यान साक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार आगामी केही वर्षमै एआईले विश्वमा ३० करोड रोजगारीलाई प्रतिस्थापन गरिदिने क्षमता राख्दछ ।

अघिल्लो वर्ष सार्वजनिक भएको पिडब्लुसीको रिपोर्ट अनुसार प्रविधिको तीव्र परिवर्तनका कारण एक तिहाई मानिसहरुले आगामी ३ वर्षभित्रमा आफ्नो रोजगारीमाथि संकट आउने अनुभव गरेका छन् ।

एआईको बढ्दो प्रभावसँगै श्रममूलक पेशाहरुमा संलग्न जनशक्तिहरुमा समेत त्रास पैदा भएको छ । माइक्रोसफ्टले हालै गरेको एक सर्भे अनुसार च्याट जिपिटी, गुगल बार्ड र माइक्रोसफ्ट बिंग जस्ता एआई टूल्सका कारण कम्पनीहरुलाई विभिन्न कामहरु गर्न सहज बनिरहेको छ र मानवीय जनशक्तिमाथिको निर्भरता कम हुँदै गएको छ ।

एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
आइतबार, भदौ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.