चितवन, ११ साउन
नारायणगढ-मुग्लिन सडक खण्डको भतेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको छ ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर फुत्किएको हो ।
प्रहरीका अनुसार सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै गरेको उक्त बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको हो ।