काठमाडौं, माघ २६-
चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले राजीनामा दिएका छन् ।
उनले हिजो पदबाट राजीनामा दिएका हुन् ।
केही दिन अगाडि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए ।
उनले पनि बोर्डले एक पछि अर्को विवादित निर्णय गर्दै गएको तर त्यसमा सल्लाहकार समितिसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।