• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
मङ्गलबार, भदौ ३१, २०८२
☰
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय खुले, पठनपाठन भोलिदेखि

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

  • ३. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ४. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ५. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ७. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • ८. राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

  • ९. भारतले भन्यो- नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं

  • १०. जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

लागूपदार्थमा फसेका अधिकारी भन्नुहुन्छ– ‘लागूपदार्थ विनाकै जीवन सुन्दर छ’

चितवन, २७ चैत-
चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उहाँले यो सेवन सिक्नुभयो ।

तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लाग्नुभएको छ । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय हुनुहुन्छ ।

विसं २०३८ मा जन्मिनुभएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाल्नुभयो । उहाँको बानीमा सुधार आएन । झनै उहाँमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।

बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उहाँको ध्यान जान थाल्यो । उहाँले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाल्नुभयो ।

अधिकारीले विगत सम्झँदै भन्नुभयो, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण हुनुभएका उहाँ १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उहाँलाई धान्नसक्ने अवस्था रहेन । उहाँले भन्नुभयो, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।”

लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उहाँले चोरी, डकैती, लुटपाट केही छाड्नुभएन । उहाँले भन्नुभयो, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किनुभएका उहाँले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताउनुभयो ।

घर फर्किएपछि परिवारले उहाँको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भन्नुभयो । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्नुहुने बुवासँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनःस्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशःउहाँमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उहाँ पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त हुनुभयो ।

पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उहाँमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बन्नुभएका अधिकारी जहाँ आफू सुध्रनुभयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहनुभएको छ । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उहाँ समय खर्चिने गर्नुहुन्छ ।

विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आउनुभएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”

जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उहाँले भन्नुभयो, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उहाँले भन्नुभयो, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”

आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उहाँले भन्नुभयो, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उहाँले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उहाँले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाउनुभएको छ भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिनुभएको छ । (रासस)

Chitwan Aaja चितवन आज
आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कस्तो रहला आज तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू: आपूर्ति मन्त्रालय
‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

कस्तो रहला आज तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल

उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू: आपूर्ति मन्त्रालय

‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

एमाले चितवनमा क्षति : ३ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी

असोज १ गते शोक दिवस मनाइने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

तेस्रो चितवन गोल्डकप तत्कालका लागि स्थगित

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए

फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवनको आग्रह

युुवाहरूले धैर्यता गरेको भए एमाले आकांक्षा पूरा गर्नेगरी अघि बढ्दै थियो : शंकर पोखरेल

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृत्यु

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

  • ३.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ४.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ५.
    रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ६.
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.