Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

स्वास्थ्य पर्यटनको हब बन्दै भरतपुर

– नारायण अधिकारी

चितवन, २४ चैत –
तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ । भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरि जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो ।

सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल र यहाँका २० भन्दा बढी साना ठूला निजी अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी र तिनका कुरुवा बाहिरी जिल्लाबाट आउने गर्दछन् । शिक्षक अस्पताल यही बन्ने भएको छ ।

सबैभन्दा बढी क्यान्सर अस्पतालमा बाहिरी जिल्लाबाट बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार दैनिक बहिरङ्ग सेवामा ८०० हाराहारी बिरामी आउने गर्दछन् । तीमध्ये ५०० जति बाहिरी जिल्लाका हुने गरेको उहाँको भनाइ छ । नियमितरुपमा लामो समय परीक्षण र उपचार गराइरहेकाको सङ्ख्या ५०० हाराहारी छ । ती बिरामीमध्ये पनि ७० प्रतिशत हाराहारी बाहिरी जिल्लाका छन् ।

वार्षिकरुपमा ५०० हाराहारी बिरामी भारतीय सीमा क्षेत्रबाट आउने गर्दछन् । गौतमले भन्नुभयो, “अस्पतालमा भन्दा बाहिर बस्ने र खानेमा बिरामीको धेरै खर्च हुने गर्दछ ।” क्यान्सर अस्पतालकै कारण अस्पताल वरिपरि १५० भन्दा बढी साना ठूला होटल रेष्टुराँ चलेका छन् । जिल्लाका अग्रज होटल व्यवसायी दिनेशकुमार चुके क्यान्सर अगाडिका होटलमा मात्रै ५०० भन्दा बढी बेड छन् । त्यही आउने बिरामी र कुरुवाले ती होटल चलेका छन् । त्यहाँ आफैँ पकाएर खाने गरी पनि व्यवस्थापन गरिँदै आएको छ ।

भरतपुर क्षेत्रमा ६०० हाराहारी होटल रेष्टुराँ रहेको जनाउँदै उहाँले ती होटल रेष्टुराँको मुख्य आम्दानी बाहिरी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आउने गरेको उहाँको भनाइ छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका चुकेले यहाँको स्वास्थ्य क्षेत्रको विकाससँगै होटल रेष्टुराँको व्यवसाय बढ्दै गएको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदी राजधानीमा हुने उपचार यही हुने भएपछि छिमेकी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउँदा होटल रेष्टुराँको व्यवसाय राम्रो भएको बताउनुहुन्छ । यहाँका होटल रेष्टुराँको मुख्य आम्दानी स्वास्थ्य पर्यटक बन्दै गएको सुवेदीको भनाइ छ । देशैभरबाट र भारतबाट समेत बिरामी उपचार गर्न आउने गरेको जनाउँदै उहाँले आउँदा दिनमा स्वास्थ्य पर्यटकको सङ्ख्या अरु थपिने बताउनुभयो । उहाँले चितवनमा सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भए पनि आर्थिक हिसाबले स्वास्थ्य पर्यटक चितवनका लागि उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य पर्यटकको कुनै सिजन हुँदैन, सधैँभरि नै एकनासको भइरहन्छ ।”

भरतपुर क्षेत्रमा होटलसँग साना रेष्टुराँ धेरै चलेका छन् । दुई मेडिकल कलेजसँगै प्राविधिक कलेजमा पढ्न आउने ठूलो सङ्ख्याका विद्यार्थीका कारण पनि यहाँको आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको छ । रेष्टुराँ एण्ड बार एशोसिएशनका उपाध्यक्ष अनुसा पाठक यहाँका अस्पतालका बिरामी, कुरुवा, विद्यार्थी, चिकित्सक मुख्य सेवाग्राही भएको बताउनुहुन्छ । भरतपुर क्षेत्रमा मात्रै २०० भन्दा बढी रेष्टुराँ खुलेको जनाउँदै उहाँले तिनीहरुको मुख्य आधार अस्पताल भएको बताउनुभयो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी उपचारका हिसाबले राजधानी पछिको दोस्रो गन्तव्य चितवन भएको बताउनुहुन्छ । यहाँ उपचारका लागि आउने बिरामी र तिनका कुरुवा घुम्न आउने पर्यटकभन्दा धेरै रहेको भन्दै उहाँले उपचारपछि र कुर्नुपर्ने बेलामा घुम्नका लागि नजिकका गन्तव्यसँग जोड्नुपर्ने सुझाव दिनुभयो । उहाँले मेडिकल टुरिज्म र मेडिकल सिटीलाई जोडेर योजना बनाउनुपर्ने उहाँको धारणा छ ।

सरकारी दुई अस्पतालसँगै मेडिकल कलेज रिफरल बनेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पताल आउने ७० प्रतिशत हाराहारी बिरामी रिफरल हुने गरेको बताउनुभयो । तीमध्ये आधाभन्दा बढी बाहिरी जिल्लाका हुने र उनीहरुको खाने बस्ने यहीँका होटल रेष्टुराँमा हुँदा अस्पतालमा गर्ने खर्चभन्दा बढी होटल रेष्टुराँमा हुने गरेको उहाँले बताउनुभयो । (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech