काठमाडौं, फागुन १२ –
नेपालले घरेलु टोली ओमानलाई हराउँदै आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो बनेको छ । यससँगै नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा नेपालले बिहीबार ओमानलाई ९ विकेटले हराएको हो ।
ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो ।
अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार