काठमाडौं, साउन ९-
एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म ‘मुस्कान’ मा वन तथा वातावरणमन्त्री प्रदीप यादव नायकको भूमिकामा देखा पर्ने भएका छन् ।
मन्त्रालय सम्हाल्नुभन्दा अघि नै मन्त्री यादव नायक बन्ने तय भइसकेको थियो । रमित ढुंगानाको डेब्यु निर्देशन बन्न लागेको फिल्मको छायांकन साउन अन्तिम सातादेखि देखि सुरु हुँदैछ ।
फिल्म छायांकनका लागि अमेरिकाबाट रमित नेपाल आइसकेका छन् ।
निर्देशक ढुंगानाले खातुनको वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् ।
फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका रहने बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार