Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, फागुन २०, २०८२
☰
Logo बुधबार, फागुन २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३. संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ५. सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ७. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • ८. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

  • ९. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • १०. इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यतामा बाधक

सुदिप पौडेल
काठमाडौं, १७ असार-

लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो ।

२०७४ मा ओलीसँग आफूलाई बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि विरक्तिएका भुवन बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए ।

गत २३ जेठ दयाराम दाहाल दुई वर्षे कार्यकाल पूरा गरी हटेपछि विकास बोर्ड अध्यक्ष खाली भएपछि ५ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । २० असारभित्र दरखास्त बुझाइसक्नुपर्ने छ । तर, भुवनले शुक्रबार दरखास्त हाल्ने तयारी गरेका छन् ।

विकास बोर्डको अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ । तर, भुवन गत असोजदेखि ६५ पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन् । विकिपिडियामा उनको जन्ममिति फरक फरक देखिन्छ, २०१३ असोज २ र २०१४ असार १६ गते उल्लेख छ । तर, उनले आफ्नो जन्मदिन असोज २ गते मनाउने गरेकाले २०१३ सालमै जन्मिएको अनुमान लगाउन सकिन्छ ।

आफ्नो उमेर कट्ने भएपछि भुवन केसी केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले यो आफ्नो राजनीतिक नियुक्ति हुने भएकाले सहयोग गर्न प्रचण्ड आग्रह गरे ।

सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ । सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए ।

सरकारी बोर्ड वा संस्थानको कार्यकारी पदका लागि स्नातक तह उत्तीर्ण अनिवार्य मानिन्छ । तर, भुवनका लागि सञ्चार मन्त्रालयले मापदण्ड संशोधन गरेकाले यो नियुक्ति खारेज गर्न सर्वाेच्च अदालतमा निवेदन दिने केही चलचित्रकर्मीले तयारी गरेका छन् । हालै नेपाल आयल निगमको सञ्चालक समिति सदस्य स्नातक तह उत्तीर्ण नभएको व्यक्ति नियुक्त भएपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले उनको नियुक्ति खारेज गरेको नजिर छ ।

भुवन केसी आफैंमा विवादित पात्र हुन् । उनले दुईवटा विवाह गरे, तर दुवै असफल भए । जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन् ।

कान्छी श्रीमती सुस्मिताले पनि भुवनसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । अहिले उनी अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । बेलाबेलामा महिलासँग नाम जोडेर चर्चामा आउने भुवनविरुद्ध अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको यौन दुर्व्यवहारको मुद्दामा अदालतमा विचाराधीन छ । भुवनविरुद्ध तीन महिलाले ‘मि टू’ प्रकरण बाहिर ल्याउने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा एक चलचित्रकर्मीले न्युज कारखानालाई बताए ।

यिनै विविध कारणले पनि भुवनले विकास बोर्ड अध्यक्षका लागि अन्तिमतिर दरखास्त हाल्ने तयारी गरेका हुन् ।

विकास बोर्ड अध्यक्षका लागि अहिलेसम्म सम्झना उप्रेती रौनियार, अरुण प्रधान, सुशील पोखरेलले दरखास्त हालेका छन् । आजै निर्माता निर्देशक नरेश पौडेलले पनि दरखास्त दिने तयारी गरेका छन् । -न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने
सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

ताजा समाचार

सबै

निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

चुनावमा साढे ७ लाख जना बढी गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार

ओखलढुंगामा टिपर दुर्घटना, भीरमा एक जनाको शव फेला

इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु

इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

मतपेटिका सेनाले लैजाने हल्ला गलतः गृहमन्त्री

तोलामा ११ हजारले घट्यो सुन

सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव र पर्सा–२ का नेकपा उम्मेदवार चौधरी पक्राउ

धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

अमेरिकासँग अनन्त कालसम्म युद्ध लड्न पुग्ने हतियारको भण्डार छः ट्रम्प

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • २.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ३.
    संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

  • ४.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ५.
    सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

  • ६.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.