काठमाडौँ, जेठ २८-
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ ।
हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो ।
गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार















