Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ ११, २०८३
☰
Logo सोमबार, जेठ ११, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५. बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६. ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

  • ७. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ८. प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

  • ९. मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

  • १०. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

नवलपुर (नवलपरासी), ११ जेठ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण दिइएको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट खटिएको विपद् व्यवस्थापन टोलीले कावासोती नगरपालिकाका सरोकारवालाहरूलाई आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गराएको हो ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र खड्काले घरमा हुने सिलिन्डर ग्यासको आगलागी, मानिसको शरीरमा लागेको आगो तथा घरमा लागेको आगो नियन्त्रणबारे प्रशिक्षण दिएका थिए ।

बिहीबारदेखि सुरु भएको ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’ कार्यक्रमअन्तर्गत आइतबार सहभागीहरूलाई प्रयोगात्मक अभ्यास गराइएको हो । अभ्यासका क्रममा सहभागीहरूलाई एलपी ग्यासको सिलिन्डरमा लागेको आगो नियन्त्रणबारे विभिन्न उपाय तथा घरमा लागेको आगो नियन्त्रणको उपायहरू सिकाइएको थियो ।

प्रमुख प्रशिक्षक खड्काले ग्यासको आगो पानी हालेर नियन्त्रण नहुने भन्दै नियन्त्रण विधि जानकारी गराएका थिए । एलपी ग्यासमा भएको आगलानी नियन्त्रणका लागि चिसो कम्मल, रुमाल, कुचोको प्रयोग गर्न सकिने भन्दै खड्काले सिलिन्डर लिकेज भएको ठाउँमा सावधानीपूर्वक हातको औँलाले थुनेमा पनि आगलागी नियन्त्रणमा आउने बताए ।

त्यस्तै, आगो लागिरहेको अवस्थामा सिलिन्डरलाई सावधानीपूर्वक बाल्टिनले ढाकेर पनि सिलिन्डर लिक भएर लागेको आगो नियन्त्रणमा लिन सकिने उनको भनाइ थियो ।

उनले विपद् धेरै प्रकारको हुने भन्दै यसको प्रकृति हेरेर उद्धारको तयारीमा जुट्नुपर्ने सुझाव दिए । खड्काले विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप जनचेतना तालिम दिँदै विपद् प्रतिकार्य सीपहरू सिक्नुपर्ने बताए । विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि विपद् हुनेबित्तिकै सुरुमा आपत्कालीन सेवालाई सूचना दिनुपर्ने र अन्य कार्यहरू अगाडि बढाउनुपर्ने खड्काको भनाइ छ ।

“नेपाल जलवायु परिवर्तनको जोखिम, भूकम्पको जोखिम, मनसुनजन्य जोखिम उच्च भएको मुलुक भएकाले विपद् जुनसुकै बेला जुनसुकै ठाउँमा पनि आउन सक्छ,” खड्काले भने, “विपद्को पूर्वतयारी गर्दैै विपद्बारे जनचेतना जगाउने अभियान, त्यसैगरी तालिम सेमिनारहरू गरेर हामी पूर्वतयारीमा बस्नुपर्दछ ।” विपद्को पूर्वतयारीमा समुदायका व्यक्तिले विभिन्न मानवीय सीपहरू, विपद् प्रतिकार गर्ने विभिन्न सीपहरू सिक्नुपर्ने उनको भनाइ छ । “त्यसैगरी हामीले विपद् आइपर्ने बित्तिकै कुनै पनि विपद्मा हामीले सुरुमा गर्नुपर्ने भने चाहिँ आपत्कालीन सेवाहरूलाई सूचना दिनुपर्ने तथा खबर गर्नुपर्ने हुन्छ,” उनले भने ।

समुदायमा सबैसँग प्राथमिक उपचारका सामग्रीहरू हुनुपर्ने भन्दै खड्काले त्यो सम्बन्धी तालिम लिएको दक्ष व्यक्ति पनि हुनुपर्ने बताए । विपद्को समयमा आवश्यक पर्ने आपत्कालीन सामग्रीहरूमध्ये टर्चलाइट, बजाउने सिट्टी, सुरक्षा निकायका सम्पर्क नम्बरहरू तथा अत्यावश्यक वस्तुहरू राखिएको झटपट झोला तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । झटपट झोला चाहिँ विशेष गरी भूकम्पको समयमा बढी प्रयोगमा आउने खड्काले बताए ।

त्यसैगरी, कुनै पनि विपद् हुनुभन्दा अगाडि नै जोखिमयुक्त स्थान नक्साङ्कन गरेर त्यो आधारमा विपद्सम्बन्धी पूर्वयोजनाहरू बनाउनुपर्ने भन्दै खड्काले यसैको आधारमा तयारी पनि हुनुपर्नेमा जोड दिए । यदि विपद् भइहाल्यो भने वैकल्पिक सुरक्षित स्थान कहाँ हो भन्नेबारे पहिल्यै तोकिएको हुनुपर्ने उनको भनाइ छ ।

विपद्मा उद्धारका लागि लागि सक्षम व्यक्तिले मात्रै सहयोग गर्नुपर्ने भन्दै उनले कुनै पनि विपद्मा हाम्रो धैर्यता एकदमै अनिवार्य हुनुपर्नेमा जोड दिँदै भने, “हामीले धैर्यता गुमायौँ भने मानिस धेरै आत्तिएर ठूलो क्षति हुने सम्भावना पनि रहन्छ, विपद्मा यी विषयहरूलाई ध्यान दिनुपर्दछ ।”

खड्काले सबै आगो पानीबाट ननिभ्ने भन्दै कस्ता प्रकारका आगो कसरी निभाउने भन्ने बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, “दाउराको आगोहरू सामान्यतया पानीले निभ्छन् तर, ग्यासको आगोलाई पानीले निभाउन सक्दैन त्यसका लागि ग्यासको आगो निभाउने उपकरण प्रयोग गर्नुपर्ने हुन्छ ।” सानोतिनो आगो फायर इक्स्टिङ्गुइसनले निभाउने भए पनि ठूला आगोहरू त्यसबाट मात्रै ननिभ्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

कारितास नेपालका वरिष्ठ जिल्ला अधिकृत सुजन गौलीले संस्थाले विभिन्न पालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्दै समुदायलाई त्यसबारे प्रशिक्षण दिँदै आएको बताए । कावासोती नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको भन्दै गौलीले पालिकाको १७ वटै वडाका विपद् व्यवस्थापन समितिका सदस्य तथा सामुदायिक वन, विद्यालय, युवा क्लब, स्वास्थ्य संस्था, सामुदायिक प्रहरी र नगरप्रहरीहरूलाई विपद् व्यवस्थापन तालिम प्रदान गरिएको बताए । चार दिनसम्म सञ्चालन भएको यस कार्यक्रममा सहभागीहरूलाई प्राथमिक उपचारको तरिका, जलमा गरिने उद्धार तथा आगलागी र नियन्त्रण अभ्यासबारे प्रशिक्षण दिइएको गौलीको भनाइ छ ।

तालिम समापनका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले विपद् व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि विभिन्न निकाय तथा सङ्घसंस्था र सरोकारवालाले पनि यस्तो कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिए । रासस

Chitwan Aaja चितवन आज
सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ताजा समाचार

सबै

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछः मन्त्री यादव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४.
    इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५.
    बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६.
    ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech