काठमाडौँ, ०२ जेठ –
प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि आफ्नो नयाँ फोटो सार्वजनिक गरेका छन् । गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि त्यसले खुब चर्चा पाएको थियो । आज शनिबार पुनः उनले फोटो सार्वजनिक गरेका छन् ।
तर यसपटक उनले स्वदेशी उत्पादन याक चिजको प्रमोशन पनि गरेका छन् । डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
दुग्ध विकास संस्थान (डीडीसी) ले मुख्यतया उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको छ ।






