काठमाडौँ चैत १९
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले परीक्षा केवल ज्ञानको मात्र नभई मेहनत, धैर्यता र आत्मविश्वासको पनि हुने बताएकी छिन् ।
एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले भनेकी छिन्– ‘यो परीक्षा केवल ज्ञानको मात्र नभई तपाईंको मेहनत, धैर्यता र आत्मविश्वासको पनि परीक्षा हो। त्यसैले आत्मविश्वासका साथ शान्त मनले प्रश्नहरू पढ्नुहोस् र आफूले सिकेको कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्।’
मन्त्री वादी थप भन्छिन्–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। यो परीक्षा तपाईंको विद्यालय जीवनमा सिकेका ज्ञानहरूको कागजी मूल्याङ्कन मात्र हो, जुन जीवन यात्राको एउटा सानो चरण हो। यो नै अन्तिम परीक्षा होइन, किनकि तपाईँका सपना यसभन्दा धेरै ठूला छन्। तपाईँहरूको परिश्रम सफल होस्, र हरेक उत्तरमा आत्मविश्वास झल्कियोस् भन्ने कामना गर्दछु।’








