चितवन,फागुन २२-
चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाममा एमालेका अस्मिन घिमिरे ३२५ मतसहित अगाडि छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
सुरुवाती परिणाममा एमालेका उम्मेदवार एमालेका अस्मिन घिमिरेले अघि देखिएका छन् । उनले ३२५ मत पाएका छन् । रास्वपाका रवि लामिछानेले २१२ मत पाउँदा नेपाली कांग्रेस नेत्री मिना खरेलले १४५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १६१ पाएका छन् । इच्छाकामना गाउँपालिकाबाट मत गणना सुरु गरिएको हो । यस अघि यो क्षेत्रमा ठूलो मतान्तरले रवि लामिछाने विजयी भएका थिए ।








