Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन १५, २०८२
☰
Logo शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

  • २. रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • ३. गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

  • ४. चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

  • ५. लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

  • ६. गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

  • ७. काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला (फोटोफिचर)

  • ८. मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

  • ९. भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै,यस्ता छन यातायात व्यवस्थापन समितिको निर्णय

  • १०. सप्तरीमा एमालेको झण्डामा आगजनी गर्ने निर्वाचन प्रहरी पक्राउ

सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

काठमाडौं, १५ फागुन –
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् ।

रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।

‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस्,’ सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे ।

‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’

थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।

‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस्–भन्नुस्– यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’

कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे ।

‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’

सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि भने । ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’

सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसार भर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा ताकत बनाउनुपर्ने छ,’ उनले भने ।

सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । ‘मेरो सबैलाई आग्रह छ । नेपाली कांग्रेसको तलबाट काम गर्दै गर्दै यो ठाउँसम्म हामी आइपुगेका छौं,’ उनले भने, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौं भनेर माटोमा खुट्टा जमाएर बसेका हौं ।’

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नयाँ खोज्दा ०६४ जस्तो गल्ती गर्ने कि ०७० जस्तो विवेक पुर्‍याउने ? विश्वप्रकाशको प्रश्न
आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध
जाडो छल्न आएका चरा फर्किन थाले

ताजा समाचार

सबै

नयाँ खोज्दा ०६४ जस्तो गल्ती गर्ने कि ०७० जस्तो विवेक पुर्‍याउने ? विश्वप्रकाशको प्रश्न

सामाजिक सञ्जालमा अड्केर नबस्नुस् : गगन थापा

आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

जाडो छल्न आएका चरा फर्किन थाले

मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ : गगन थापा

निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

चितवनको माझी, मुसहर बस्तीमा निर्वाचनले छोएन

रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

लागू औषधिसहित नौ जना पक्राउ

अझै प्रश्न आउन छाडेको छैन – मतदाता सूचीमा नाम कसरी हेर्ने ?

सर्लाहीका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

  • २.
    रास्वपाका नवलपरासी जिल्ला सभापतिले छाडे रास्वपा, काङ्ग्रेसमा प्रवेश

  • ३.
    गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

  • ४.
    चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

  • ५.
    लंकुमा हुने लक्ष्मीवैकुण्ठनाथ ब्रह्ममहोत्सवको तयारी पूरा

  • ६.
    गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.