चितवन, भदौ २३ –
जीयन्जीले चितवनमा गरेको आन्दोलनमा प्रहरीले चितवन आजकर्मी पत्रकार हिरालाल आचार्य ‘डायमण्ड’ माथि धरपकड गरेको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा हालेको र गाडीमा हालिसकेपछि पनि गाडीभित्रै जथाभावी लाठी प्रहार गरेको भिडियो कैद गरिरहेको आचार्यमाथि प्रहरीले धरपकड गरेको हो ।
आचार्यलाई प्रहरीले २० मिनेट जति नियन्त्रणमा लिएर, क्यामेरा खोसी क्यामरामा कैद गरिएका सबै भिडियो डिलिट गरिदिएको छ ।
यस घटनाको चितवन आज मिडिया हाउस प्रालि घोर निन्दा भत्र्सना गर्दछ । साथै दोषी उपरका कानुनी कारबाही गर्न चितवन आज माग गर्दछ ।
साथै रिर्पाेटिङ्का क्रममा रहेको कालिका एफएमका निर्देश दिपक पौडेलको हातमा ढुंगाले लागेको छ । चितवन आज पौडेलेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
पत्रकार आचार्य माथि भएको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ । साथै प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले पनि विरोध जनाएको छ ।