तनहुँ, साउन १८
तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो।
गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
ग २ ख १०७७ नम्बरको बसमा भएका यात्रुहरू पर्यटकीय क्षेत्र ऐनापहरा हेर्न बसबाट ओर्लिएका थिए।
केही यात्रु भने बसभित्रै थिए। बस रोकेर ‘ओट’ लगाउने क्रममा नरोकिएर आफै सडकबाट तल झरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार