काठमाडौँ, साउन २-
चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन् ।
बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।
उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।







