चितवन, वैशाख ५ –
जिल्ला प्रहरी कार्यालय चितवनका सहायक हवल्दार ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । प्रहरी कार्यालय चितवनले २०८२ साल चैत महिनाका लागि सहायक हवल्दार पवन गिरीलाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
प्रहरी सहायक हवल्दार गिरीले कार्यालयको जिम्मेवारी बहन गर्दै उत्कृष्ट कार्यसम्पादन, अनुशासन र सक्रियताका आधारमा सम्मान प्राप्त गरेका हुन्। विशेषगरी अपराध नियन्त्रण, अनुसन्धान तथा जन सुरक्षामा उनले देखाएको योगदानलाई मूल्यांकन गर्दै उनलाई उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गिरीले अनलाइन जुवातास नियन्त्रण, अवैध क्रियाकलाप निगरानी तथा समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।












