Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ९. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

पर्यटकीय गन्तव्य बन्दै ठोरी

फाइल तस्बिर
वीरगञ्ज (पर्सा), असार ९-
विसं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आउनुभयो ।

तत्कालीन राजा महेन्द्रले भारतीय अतिक्रमणबाट ठोरीलगायत आसपासको जङ्गल जोगाउनकै लागि भनेर नयाँ बस्ती बसाल्ने योजना सारेसँगै श्रेष्ठसहितका व्यक्तिहरु आधा दर्जनभन्दा धेरै पहाडी जिल्लाबाट बसाइँ सरेर आउने लहर चल्यो । सोही क्रममा सिन्धुपाल्चोक, चितवन, मकवानपुर, पर्वत, गोरखा, लमजुङ, रामेछाप, दोलखालगायत जिल्लाबाट ठोरीको आसपासमा रहेका निर्मलबस्ती, सुवर्णपुरलगायत बस्तीमा आएर बसोबास गर्न थालेका थिए ।

पाँच वर्षको उमेरमा सिन्धुपाल्चोकबाट ठोरी झर्नुभएका श्रेष्ठ यहाँ आएको ५४ वर्षपछि नै ठोरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । “सिन्धुपाल्चोकको बराम्चीबाट मेरा मामाहरु २०२१ सालमा नै ठोरीमा झर्नुभ¥यो । मामाहरुकै जोडबलकै कारणले २०२५ साल मलाई पनि साथमा लिएर मेरो बुबाआमा पनि ठोरीमा आउनुभएको हो,” विगत स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले सानो हुँदा ठोरी आसपासको जङ्गल जोगाउनकै लागि ल्याइएको भन्ने सुन्दै आइरहेको छु ।”
सुरुआती समयमा त ठोरीबाट सदरमुकाम चितवन पुग्न निकै कठिन थियो । बाटोको असहज सुविधा, अन्कन्टार जङ्गल नै जङ्गलको यात्रा गर्नुपर्ने अर्को बाध्यता पनि थियो ।

तत्कालीन ठोरीको बस्तीमा बसेका बासिन्दालाई चितवन जिल्ला सदरमुकाम जानभन्दा पर्साको सदरमुकाम वीरगञ्ज जान सहज हुने भन्दै सीमा पुनर्गठन समितिले २०३४/३५ सालमा ठोरीलाई पर्सा जिल्लामा गाभेको थियो । “पहिला त ठोरीको दुःखको कुरै नगरौँ । सीमावर्ती क्षेत्रका डाकुले लुटपाट गरेर हैरानै पार्ने गर्थे,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सडक यातायातको असुविधाको कारणले धेरै नै दुःखको हन्डर खाइयो । हामी आएको ५६ वर्षमा अहिले ठोरीको स्वरुप धेरै फेरिएको छ ।”
ठोरीबाट वीरगञ्जसँग कालोपत्रसहितको दुई लेनको चौडा सडक बनेको छ । त्यति मात्रै होइन, चितवन छिचोल्ने कच्ची सडकसमेत तयार भइसकेको छ । उतिबेला राजा महेन्द्रले विभिन्न पहाडी जिल्लाबाट ल्याएर बसालेको बस्ती अहिले पर्यटकीय आकर्षणको केन्द्र बन्ने वातावरण बन्दै आइरहेको छ ।

तराई/मधेसमा मधेस पर्ने भए पनि ठोरी गाउँपालिका भने पहाडैपहाडले घेरिएको मनोरम उपत्यका हो । समृद्धि ठोरी अभियानका संयोजक प्रकाश खनालले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि रिजर्भ एरियाको सङ्गमस्थलमा पर्ने भएकाले पनि वन्यजन्तु तथा पर्या–पर्यटनका लागि उपयुक्त स्थल भएको बताउनुहुन्छ ।

“ठोरीमा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावका कारण पर्यटकीय गतिविधि चाहेजति बढाउन सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो, “सुविधासम्पन्न होटल तथा अन्य पूर्वाधार नहुँदा पर्यटकलाई यही क्षेत्रमा अड्याउन भने सकिरहेका छैनौँ ।” उहाँले वन्यजन्तु पर्यटन र ऐतिहासिक गन्तव्य भएकाले पनि पर्यटनको प्रचुर सम्भावना रहेर पनि सङ्घीय र प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माणमा अपेक्षाकृत सहयोग नगरेको गुनासो गर्नुभयो ।

नाकाबन्दीको समयमा ठोरी नै मुलुकभर पेट्रोलियम पदार्थ उपलब्ध गराउने अनौपचारिक नाका जस्तै भयो । त्यसैमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राम भगवान ठोरीमा जन्मिएको अभिव्यक्ति दिएसँगै यसको चर्चा–परिचर्चा धेरै हुन थाल्यो ।
यहाँ राईधारा वनभोजस्थलका रुपमा निकै चर्चित छ । सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, स्टोनपार्क, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत चार दर्जनभन्दा धेरै पर्यटकीयस्थल रहेका छन् ।

ठोरी गाउँपालिका–२ मा रहेको भ्यूटावरबाट पनि सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाइने भएकाले पनि पर्यटकको आकर्षण बढेको छ । पर्यटकीय गतिविधि फस्टाउन थालेसँगै बिस्तारै यहाँ होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम पनि बढ्दै गइरहेको छ । ठोरी गाउँपालिकामा दुई वर्षदेखि सुविधासम्पन्न ठोरी जङ्गल रिसोर्ट पनि सञ्चालनमा आइरहेको छ ।

ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदीप थापा ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन पछिल्ला वर्षमा धेरै बढेको बताउनुहुन्छ । “हामीले दुई वर्षअघि ठूलो जोखिम मोलेर करिब सात करोड लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका थियौँ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमनले पर्यटनको ‘अफ सिजन’मा पनि पर्यटकको कुनै अभाव छैन,” सञ्चालक थापाले भन्नुभयो, “वन्यजन्तु पर्यटनका लागि प्रचुर सम्भावनाको क्षेत्र भए पनि सरकारले आधारभूत पर्यटकीय पूर्वाधार निर्माण नगर्दा भने अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास हुन सकिरहेको छैन ।”
ठोरीमा कति पर्यटन आउँछन् भन्ने यकिन तथ्याङ्क छैन ।

यद्यपि, ठोरी जङ्गल रिसोर्टले भने गत आर्थिक वर्षमा ६२ हजार पर्यटकले रिसोर्ट घुमेको दाबी गर्छ । रिसोर्टका सञ्चालक थापाले रिसोर्टमा गत वर्ष मात्रै ४८ हजारभन्दा धेरै ग्राहक आएको बताउनुभयो । सञ्चालक थापा ठोरीमा भारतीयको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली र मुजफ्फरपुर र पटनालगायत भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रायः शनिबार र आइतबार बिदा मनाउन आउने पर्यटकलाई आकर्षित गर्न सकिएमा पनि धेरै राहत पुग्नेछ ।”

ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा कागजमै सीमित
मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा केवल कागजमा मात्रै सीमित भएको छ । तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७८ साल चैत ११ गते ठोरीमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ठोरीलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि रु १० करोड विनियोजन गर्ने घोषणा पनि गरेको थियो तर अहिलेसम्म प्रदेश सरकारले ठोरीको पर्यटन विकासका लागि पूर्वघोषणा गरेअनुरुपको बजेट विनियोजन भने गरेन ।

ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ प्रदेश सरकारले पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरे पनि बजेट भने विनियोजन नगरेको बताउनुहुन्छ । “मधेस प्रदेशको मन्त्रिपरिषद्कै बैठक बसेर पर्यटकीय गन्तव्य निर्माणका लागि रु १० करोड बजेट विनियोजन गर्ने निर्णय हुँदा यस क्षेत्रमा पर्यटनको विकास हुने ठूलो आशा गरेका थियौँ तर मधेस सरकारको घोषणा केवल कागजमा मात्रै सीमित हुँदा हामी निराश भएका छौँ,” उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले मधेस प्रदेशको एक मात्रै पहाडी गाउँपालिका भए पनि बेवास्ता गरेको आरोप लगाउनुभयो । गाउँपालिकाले ठोरीको पर्यटनलाई व्यवस्थित गराउन रु नौ करोडको लागतमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेर यही वर्ष रु एक करोड लागतको काम सुरु हुन गरिरहेको जनाएको छ । पालिकाले आफ्नै बजेटले ज्येष्ठ नागरिकलाई आराम गर्ने बगैँचा, युवालाई सेल्फी खिच्ने ठाउँ, पौडी पोखरी र बालबालिकालाई खेल्ने ठाउँ बनाउँदैछ । ठोरी गाउँपालिका १२८ दशमलव ६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

भन्सारमै सटही सुविधाको माग
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारतको विहार र उत्तर प्रदेश राज्यको जनसङ्ख्याको थोरै हिस्सा पर्यटक मात्रै भित्र्याउन सकेको खण्डमा पनि नेपालको पर्यटन क्षेत्रलाई गुल्जार बनाउन सकिने बताउनुहुन्छ । “पर्सा जिल्लाबाट नजिकै भारतको विहार राज्यमा कम्तीमा रु १३ करोड र उत्तरप्रदेश राज्यमा १९ करोड जनसङ्ख्या रहेका छन् । ती राज्यहरुबाट कूल जनसङ्ख्याको एक प्रतिशत मात्रै पर्यटक ल्याउन सके पनि यस क्षेत्रको पर्यटनले मुहार फेर्न सक्ने थियो ।

अहिले भारतीय पर्यटक बोकेर आएका भारतीय नम्बर प्लेटका सवारीसाधनले दैनिक रु सात सय ६५ तिरेर यात्रा गर्ने गर्छन् । अध्यक्ष अग्रवालले पर्सा जिल्लामा रहेका भन्सार कार्यालयसँग मुद्रा सटहीको काउन्टर राख्नुपर्ने बताउनुभयो । “भारतीय पर्यटकले भारु पैसा बोकेर आउने गर्छन् । भन्सार क्षेत्रमा मुद्रा सटही नहुँदा पनि पर्यटकले विभिन्न खालका सास्ती भोग्नुपरेको छ,” उहाँले भन्नभयो, “यस्ता खालका समस्या समाधान गर्ने हो भने पर्यटकको आकर्षण अझै बढाउन सकिने थियो ।”

ठोरी हुँदै भरतपुर
छोटी भन्सार कार्यालय ठोरीले आफ्नो सेवा स्तरोन्नति गरेसँगै अहिले भारतीय पर्यटकहरुले सवारीसाधनसहितको अस्थायी अनुमति प्राप्त गर्न सहज भएसँगै ठूलो सङ्ख्यामा ठोरी नाका हुँदै भित्रिरहेका छन् । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसर पारेर ठोरी नाका हुँदै आउने पर्यटकलाई भित्र्याउन ठूलै कसरत गर्दै आइरहेको छ तर ठोरी हुँदै भरतपुरसम्मको सडक राम्रो नहुँदा पनि समस्या भइरहेको छ ।

भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले सङ्घीय–प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर ठोरी–भरतपुर सडक खण्डलाई व्यवस्थित गरेर पर्यटकीय गतिविधिलाई अझै बढाउने कोसिस गर्दै आइरहेको बताउनुभयो । वीरगञ्ज बजारदेखि ठोरी ५० किलोमिटरको दूरीमा रहेको छ । ठोरीदेखि भरतपुर ७० किलोमिटरको हाराहारीमा रहेको छ । यो सडक खण्ड हुलाकी राजमार्गले जोडिएको छ तर चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा पर्ने भएकाले केही खण्डको सडक भने कालोपत्र नहुँदा पर्यटकीय आवागमनलाई सहज हुन सकिरहेको छैन । रासस

Chitwan Aaja चितवन आज
आइतबार, असार ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.