Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख २०, २०८३
☰
Logo आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. यस्तो छ आज तपाईंको राशिफल

  • २. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

उफ् गर्मी !

काठमाडौँ, ३० जेठ
हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो ।

यता काठमाडौँको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र पुग्दा तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी । गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ । ‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ ।

ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरे भन्नुहुन्छ, “गर्मी पनि कति साह्रै बढेको हो ? यसो बाहिरै नै निस्कन सकिँदैन । घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने । पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो ।”

काठमाडौँ बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ । “४० वर्ष भइसक्यो काठमाडौँ बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उहाँ भन्नुभहुन्छ, “अत्यार नै लाग्दो गर्मी पनि । अझै तराईमा कस्तो होला ?” उहाँहरु मात्रै होइन । सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ । “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उहाँ भन्नुहुन्छ, “पहिलापहिला त काठमाडौँ आउँदा पङ्खा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पङ्खाले पनि गर्मी छेक्नै सक्दैन ।”

धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ । त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होला ? तराईमा बसोबास गर्ने केही पात्रसँग राससले टेलिफोनमार्फत गर्मीले पारेको प्रभावको विषयमा कुराकानी गर्ने क्रममा बढी गर्मीका कारण कामकाजमा समेत बाधा पुगेको अनुभव सुनाउनुभएको थियो ।

चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिला पहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ । “गर्मीका कारण आएको पसिनाले लुगा नै निथु्रक्कै भिजाउँछ, एकदमै गाह्रो बनाएको छ,” उहाँ भन्नुहुन्छ, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिँड्डुल गर्न नै मुस्किल पर्छ । बच्चाहरु समेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन् ।”

गर्मीले साल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ । अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिँदैन । त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम । तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई । तातो मौसममा फिल्ड हिँड्दा निकै गाह्रो हुने र तातोले टाउको दुख्ने समस्या हुने बताउनुहुन्छ उहाँ । “तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र ? फिल्ड हिँड्नु पनि पर्छ । फिल्ड खटाउँदा कर्मचारीहरु बिरामी पर्नुहुन्छ । नखटाएर पनि भएन,” राससले गरेको टेलिफोन वार्तामा उहाँ भन्नुहुन्छ, “सरकारी सेवामा खटिने शपथ खाएर आएको हौँ गर्मी भयो भनेर बस्न पनि भएन नि ।”

जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी समेत बढेको जानकारी दिनुभएको छ । “नेपालमा मनसुन भित्रिए पनि वर्षा हुन सकिरहेको छैन, यसले तापक्रम पनि बढाएको छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरले गर्दा पृथ्वी तात्दै जाने र यसले गर्दा नेपालको समेत तापक्रम बढ्ने तथा यसले गर्दा तातो हावाको लहर (लू) को जोखिम, सुक्खा बढ्ने, खडेरीका कारण कृषि उब्जनीमा ह्रास आउने, पानीको मुहान सुक्नेलगायतका समस्या उत्पन्न हुनेछ ।”

पोखरेलले जलवायु परिवर्तनले मौसमी अवस्थामा पारेको असर, अगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिम, तापक्रमको प्रक्षेपणलगायतका विषयमा जानकारी दिने गरी अध्यायनसमेत भइरहेको जानकारी दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तातो हावाको लहर ’लू’ र यसबाट बच्ने उपाय गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ’लू’ भनिन्छ । यो एक प्रकारको प्राकृतिक प्रकोप हो । प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मी भएको समयमा तातो हावाको लहर ‘लू’ चल्न सक्ने र यसले स्वास्थ्यमा असर गर्ने भन्दै सचेत हुनुपर्ने जानकारी दिनुभएको छ ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ्ग पहँेलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण) देखिन सक्छ ।

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ । भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्न समेत सुझाव दिइएको छ ।

जलवायुविद् डा धर्मराज उप्रेतीले समुन्द्री सहतको तापक्रममा फेरबदले (एल निनो टू ला नीना) भएकाले नेपाललगायत एसिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको भन्दै समयमा नै सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । “जलवायु परिवर्तनका कारण समुन्द्री सतहको तापक्रममा फेरबदल आइरहेको छ,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनसम्बन्धी न्यूनीकरण र अनुकूलनका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसके तापक्रम बढ्नेलगायत जलवायुजन्य असर अझै बढिरहने छ ।”

प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तिलाई अल निनो भनिन्छ । अल निनो सक्रिय भएको समयमा यसले संसारभरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र तापमान वृद्धि गर्छ ।

एल निनो नामक मौसमी प्रक्रियामा अस्वाभाविक रूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनामा अस्वाभाविक रूपमा तापमान घट्छ । ला निना भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ । एल नीनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ ।

जनस्वास्थ्यविद् डा समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने जानकारी दिनुभएको छ । “लूका कारण श्वास फेर्न गाह्रो हुने, रगतजन्य समस्या आउन सक्ने तथा छाला चिलाउने र शरीरमा घाउ हुनसक्छ,” उहाँले भन्नुभयो, “उच्च रक्तचाप कम हुने तथा आँखाको समस्या हुन सक्छ । विभिन्न रोगका कारण दीर्घकालीन रुपमा असर पुग्ने र मानिसको मृत्यु पनि हुन सक्छ ।”

डा अधिकारीले तातो हावाको लहरबाट बच्नका लागि व्यापक जनचेतना र जनसहभागिता तथा समन्वय गरेर लू व्यवस्थापन गर्न सुझाव दिनुभएको छ । लूबाट कसरी सुरक्षित गर्ने ? कसरी पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने ? भन्ने विषयमा कार्यक्रम तय गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार गर्मीका कारण शरीरमा आलस्य पनि बढ्न सक्छ ।

भोलिसम्म अत्यधिक गर्मीको सम्भावना
जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपाउन भन्दै विज्ञप्ति नै जारी गरेको छ । विभागको अनुसार मङ्गलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु हुन तथा आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध समेत छ । “ती भू–भागहरूमा आगामी तीन दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” विभागद्वारा विज्ञप्तिमा तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले त्यसबाट बच्न अनुरोध गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा के के गर्ने भन्ने विषयमा जल तथा मौसम विज्ञान विभागले सुझाव समेत दिएको छ । “घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिस्कने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन विभागले विज्ञप्तिमार्फत सुझाएको छ ।

तातो अझै बढ्ने जोखिम
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको धाराको धारा २ उपराधारा १ को (क) मा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रुपमा घटाउने कुरालाई आत्मसात् गर्दै विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने उल्लेख गरिएको छ ।

पेरिस सम्झौता कार्यान्वयनका लागि हरेक वर्ष हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरुको भेलामा समेत पेरिस सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । नेपालको नेतृत्वमा यही जेठ ९ र १० गते चन्द्रागिरिमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय संवादमा समेत तापक्रम वृद्धि रोक्नुपर्नेमा विज्ञहरुले जोड्दार माग राख्नुभएको थियो ।

जलवायु नीतिको कार्यान्वयनमा जोड
जलवायु नीति २०७६ मा जलवायुजन्य प्रकोपको रोकथाम, न्यूनीकरण र पूर्वतयारी गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्रणालीको विकास गरिने उल्लेख छ । यसैगरी बाढी, पहिरो, भूक्षय, खडेरी, चट्याङ, हावाहुरी, तातो हावाको लहर, शीतलहर, वन डढेलो, आगलागी, महामारीलगायत प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गरी पूर्वतयारी तथा प्रतिकार्यलाई प्रभावकारी बनाइने समेत नीतिमा उल्लेख गरिएको छ ।

जलवायुजन्य विपद्सम्बन्धी सूचना सङ्कलन गर्ने प्रणालीलाई थप व्यवस्थित र व्यापक बनाइने, जलवायुजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचनामा सबै वर्ग, तह र क्षेत्रको पहुँच पुग्ने व्यवस्था मिलाइने समेत नीतिमा व्यवस्था गरिएको छ । विपद् जोखिम न्यूनीकरण कार्यलाई जलवायु परिवर्तन अनुकूलन योजना तथा कार्यक्रमहरुसँग एकीकृत गरिने, जलवायुजन्य प्रकोपहरुवाट हुने क्षतिबाट पुनरुत्थानका लागि अति सङ्गटासन्न र जोखिममा रहेका व्यक्ति र परिवारहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गरिने कुरा नीतिमा उल्लेख गरिएको छ, तर नीतिको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । – रासस

Chitwan Aaja चितवन आज
बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    यस्तो छ आज तपाईंको राशिफल

  • २.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.