बाँके, २१ जेठ
बाँकेमा लागु औषध ब्राउन सुगरसहित एक जना किशोर पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बैजनाथ गाउँपालिका-६ सम्झनाचोकस्थित सडकबाट पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ६ सय २० मिलिग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






