Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, जेठ ११, २०८३
☰
Logo सोमबार, जेठ ११, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २. यस्तो छ आजको राशिफल

  • ३. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५. बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६. ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

  • ७. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ८. प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

  • ९. यस्तो रहने छ आजको राशिफल

  • १०. मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

के मतपेटिका साट्न सम्भव होला ? यसो भन्छन् जानकारहरु

काठमाडौं, वैशाख २९ –
केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।

उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो ।

कतिपय व्यक्तिहरूले मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतलाई बुझाउने बेलासम्म साटिने र चलखेल हुनसक्ने आशंका गर्छन् । के त्यस्तो सम्भव हुन्छ त ?

हामीले यो विषयमा निर्वाचन आयोगका आयुक्तदेखि अधिकृतसम्मलाई प्रश्न सोध्यौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले यस्तो कल्पनासम्म पनि गर्न असम्भव हुने बताए ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल मतदानपछि मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने बताउँछन् ।

‘यसवारे जानकारी नभएका सर्वसाधारणलाई शंका हुनु स्वभाविक हो, तर जानेबुझेको मानिसले समेत मतपेटिका साटिन्छ भनेर हल्ला गर्नु अति नै कच्चा काम हो’ उनले भने, ‘सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मतपेटिका साट्न र मत बदल्न सम्भव हुँदैन । यो अलिकति पनि सम्भावना हुन नसक्ने हल्ला हो ।’

उनले मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान सुरु गर्नुअघिको कार्यविधि जान्नुपर्ने बताए ।

आयुक्त पौड्यालका अनुसार, मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो बिर्को पूरै खोल्न मिल्छ भने अर्को बिर्कोभित्र सानो प्वाल हुन्छ, त्यहाँबाट मतदाताले आफूले छाप लगाएको मत खसाउन मिल्छ तर निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ । ठूलो अर्थात मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ भने मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

‘मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरुलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन, ताकि मतपेटिकामा पहिले केही राखेको भए खसोस र रित्तो भएको सुनिश्चित होस,’ उनी भन्छन् । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।’

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ, तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैचीले सिलको बाहिरको भाग काटेर तोड्नुपर्छ । ‘हरेक सिलमा सिरियल नम्बर हुन्छ र कुनै पनि सिलको सिरियल नम्बर दोहोरिदैन’ निर्वाचन आयुक्त पौड्याल भन्छन्, ‘दलका प्रतिनिधिहरूले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरूले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउछन् ।’

बिहान ७ देखि दिनभर मतदान हुँदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाबाट मतपत्र निकाल्न मिल्दैन । बेलुकी पाँच बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिहरूलाई बोलाउछन् ।

उनीहरूको प्रत्यक्ष उपस्थितिमा मतदान अधिकृतले मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्यालमा पनि अर्को सानो बिर्को लगाउँछन् र सिलबन्दी गर्छन । मतपेटिका पूरै सिलबन्दी भएपछि त्यो सुरक्षाकर्मी र मतदान अधिकृतको जिम्ममा रहन्छ ।

मतदान केन्द्रदेखि निर्वाचन अधिकृत (पछि उनीहरूलाई प्रमुख मतगणना अधिकृत भनिएको छ)को कार्यालयमा गएर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । दलका प्रतिनिधिहरूले मतदान हुने ठाँउदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजादा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्छन् ।

‘त्यसका लागि हामीले सम्भव भएसम्म दलका प्रतिनिधिहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउन भनेका हुन्छौं’ निर्वाचन आयुक्त पौड्यालले भने, ‘व्यहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेदवार भएका ठाँउमा दलका प्रतिनिधिहरू मतपेटिका बोकेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ । दुर्गममा समेत हेलिकप्टरबाट मतपेटिका ओसार्दा हामीले दलका प्रतिनिधिहरूलाई सम्भव भएसम्म साथमा ल्याउनु भनेका छौं ।’

मतदान अधिकृतले निर्वाचन अधिकृतलाई मतपेटिका बुझाइसकेपछि तिनलाई एकैठाँउमा संकलन गरिन्छ । मतपेटिका कुनै ठाँउमा भण्डारण गरेर रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरु बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ ।

आयुक्त पौड्याल भन्छन्, ‘त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधिलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने चलन छ । शंका उठेमा त्यसको निवारण हुने सबै उपाय अवलम्बन गर्नुपर्छ ।’

सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम सुरु हुन्छ । त्यसक्रममा मतपेटिकाको बिर्कोको सिल तोडनुअघि सुरुको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधिहरूको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको काम सुरु हुन्छ । विश्वसनीयता र गोपनियताका लागि प्रायः दुईभन्दा बढी मतदान स्थलका मतपत्र मिसाएर गन्ने चलन हुन्छ ।

मतपत्रमा अन्य सुरक्षा फिचर र मतदान अधिकृतको दस्तखतका कारण पनि मतपेटिका साटिन सम्भव नहुने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । मतपत्रको बिचमा विशेष सुरक्षा संकेत राखिएको हुन्छ, जुन निर्वाचन आयोगका दुई अधिकारीहरू बाहेक तेस्रो व्यक्तिलाई समेत थाह हुँदैन ।

अर्कोतर्फ मतदान अधिकृतले मतदानस्थलमा बाहेक अन्यत्र मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएकाले पनि उसैको हस्ताक्षरयुक्त फर्जी मत खसालेर अर्को मतपेटिका तम्तयार राख्न सम्भव हुँदैन । ‘एक त कतै साट्ने सम्भावना नै छैन’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भनेका छन्, ‘अर्कोतर्फ (त्यस्तो मतपत्र) साटेर पनि केही काम छैन, त्यो खाटो नोटजस्तो हुन्छ ।’ – अनलाइनखबरले तयार पारेको यो समाचार हामीले यहाँ पनि प्रशारण गरेका हौं ।

 

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

ताजा समाचार

सबै

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछः मन्त्री यादव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४.
    इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५.
    बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ६.
    ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech